काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने क्रममा एउटा इन्जिन फेल भएको टर्किस एयरलाइन्सको जहाज भारतको कोलकातामा सकुशल अवतरण गरेको छ।विमानस्थल स्रोतका अनुसार बुधबार दिउँसो ३ बजेर ३ मिनेटमा उक्त जहाज कोलकातास्थित सुवासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरेको हो।टर्किस एयरलाइन्सको टीके–७२७/ए३३ फ्लाइट नम्बरको जहाज बुधबार दिउँसो १ बजेर २९ मिनेटमा काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडेको थियो। तर उडेको करिब दुई मिनेटमै जहाजको दाहिने इन्जिनमा आगो लागेको सूचना विमानस्थललाई प्राप्त भएको थियो। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने क्रममा एउटा इन्जिन फेल भएको टर्किस एयरलाइन्सको जहाज भारतको कोलकातामा सकुशल अवतरण गरेको छ।
विमानस्थल स्रोतका अनुसार बुधबार दिउँसो ३ बजेर ३ मिनेटमा उक्त जहाज कोलकातास्थित सुवासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरेको हो।टर्किस एयरलाइन्सको टीके–७२७/ए३३ फ्लाइट नम्बरको जहाज बुधबार दिउँसो १ बजेर २९ मिनेटमा काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडेको थियो। तर उडेको करिब दुई मिनेटमै जहाजको दाहिने इन्जिनमा आगो लागेको सूचना विमानस्थललाई प्राप्त भएको थियो।
इन्जिनमा समस्या देखिएपछि जहाजलाई भारतको कोलकातातर्फ डाइभर्ट गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए।उक्त विमानमा २२५ जना यात्रु र ११ जना चालक दलका सदस्य गरी कुल २३६ जना सवार थिए। सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको विमानस्थलले जनाएको छ।इन्जिनमा समस्या देखिएपछि जहाजलाई भारतको कोलकातातर्फ डाइभर्ट गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए।उक्त विमानमा २२५ जना यात्रु र ११ जना चालक दलका सदस्य गरी कुल २३६ जना सवार थिए। सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको विमानस्थलले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्