रबिन थपलिया । काठमाण्डौं । नेपाली काँग्रेसका तर्फबाट काठमाण्डौं क्षेत्र नं ६ का उम्मेद्धवार कृष्ण सबुज बानियाँलाई बिजयी गराउन तारकेश्वर नगरपालिका वडा नं १० मा नेपाली काँग्रेसको चुनावी क्रियाशील भेला सम्पन्न भएको छ ।
नेपाली काँग्रेस तारकेश्वर नगरपालिका वडा नं १० वडा कार्यसमितिको आयोजनामा भएको भेला नेपाली काँग्रेसका तर्फबाट काठमाण्डौं क्षेत्र नं ६ का उम्मेद्धवार कृष्ण सबुज बानियाँ, चुनाव प्रचारप्रसार तथा परिचालन समितिका संयोजक एवं नेपाली काँग्रेस क्षेत्र नं ६ का सभापति श्याम कृष्ण खड्गी, नेपाली काँग्रेस बाग्मती प्रदेशका सदस्य इन्द्रमान महर्जन, नेका क्षेत्र नं ६ प्रदेश क का सभापति ख्यामराज तिवारी, ख का सभापति बिष्णु भक्त तिमिल्सीना, नेपाली काँग्रेसका जिल्ला सदस्य लक्ष्मण महर्जन, नेपाली काँग्रेसको शिक्षा विभागको पुर्व केन्द्रीय सदस्य एवं प्रजातान्त्रीक बिचार समाजका केन्द्रीय सदस्य हरिसिंह केसी, नेपाली काँग्रेस क्षेत्र नं ६ का सचिब उत्तम अधिकारी लगायत काँग्रेसका भातृसंस्था, सुभेच्छुक संस्था, काँग्रेसका तर्फबाट निर्वाचीत जनप्रतिनिधिहरु लगायतको उपस्थीति रहेको थियो ।
सो अवसरमा नेपाली काँग्रेसका तर्फबाट काठमाण्डौं क्षेत्र नं ६ का उम्मेद्धवार कृष्ण सबुज बानियाँलाई बिजयी गराउन तारकेश्वर नगरपालिका वडा नं १० मनमैजु पुल नजिकै खोलीएको सम्पर्क कार्यालयको समेत उम्मेद्धवार बानियाँले आज उदघाटन गर्नुभयो ।

भेलालाई सम्बोधन गदै मा नेपाली काँग्रेसका तर्फबाट काठमाण्डौं क्षेत्र नं ६ का उम्मेद्धवार कृष्ण सबुज बानियाँले पार्टीले आफुलाई उम्मेद्धवार बनाएपनि क्रियाशील सदस्य सबै यस निर्वाचनको उम्मेद्धवार रहेको बताँउदै पार्टीको एजेन्डालाई जनतासम्म लगेर मतदान गराउन सहयोग गर्न आग्रह गर्नुभयो ।
राजनीतिक जीवनमा प्राप्त अवसरहरुमा कहिल्यै पनि आफुले गलत काम नगरेको बताँउदै आफु निर्वाचीत भएपछि पार्टीको बदनाम हुने कुनैपनि काम नगर्ने बताउनुभयो ।
निर्वाचनमा उठेका उम्मेद्धवारहरुको बारेमा आफुले कुनै व्यक्तिगत टिप्पणी नगर्ने बताँउदै बानियाँले जनता र यस क्षेत्रको आफु योग्य उम्मेद्धवार रहेको बताउनुभयो ।

चुनाव प्रचारप्रसार तथा परिचालन समितिका संयोजक एवं नेपाली काँग्रेस क्षेत्र नं ६ का सभापति श्याम कृष्ण खड्गीले फागुन २१ गतेको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्धवार कृष्ण सबुज बानियाँलाई जिताउन आ आफ्नो क्षेत्रबाट लाग्न सबैलाई आग्रह गर्नुभयो ।

नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश क का सभापति ख्यामराज तिवारीले नयाँ भन्ने पार्टीका उम्मेद्धवारहरु भन्दा काँग्रेसका उम्मेद्धवार योग्य, सक्षम र बिबाद रहित रहेको बताँउदै पार्टीका तर्फबाट उम्मेद्धवार बनेकाहरुलाई जिताउन देशव्यापी रुपमा काँग्रेसीहरु एकजुट भएर लागेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश ख का सभापति बिष्णु भक्त तिमिल्सीनाले हामीसबै काँग्रेसहरु उम्मेद्धवार हौं भन्नका लागि कार्यक्रम आयोजना गरीएको बताँउदै उम्मेद्धवारलाई जिताउन भोलीदेखिनै टोलटोलमा पुग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस तारकेश्वर नगरपालिका वडा नं १० का वडा सभापति एवं वडा नं १० का वडा अध्यक्ष कुमार राईले काँग्रेसका उम्मेद्धवार सबुज कृष्ण बानियाँलाई जिताउनका लागि वडा कार्यसमितिले १०१ सदस्यीय चुनाव प्रचारप्रसार एवं परिचालन समिति गठन गरिएको बताउनुभयो ।

fgfg


प्रतिक्रिया दिनुहोस्