राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ। कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापति डिपी अर्याल, स्वर्णिम वाग्ले लगायतका नेताहरू उपस्थित रहे।कार्यक्रममा प्रस्तुत वाचापत्रमा सुदूरपश्चिम र कर्णाली प्रदेशका विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका विषयमा पार्टीका योजना र प्रतिबद्धता समेटिएको छ। नेताहरूले वाचापत्रमार्फत आगामी निर्वाचनमा जनता र प्रदेशको भलाइका लागि रास्वपा दृढ रूपमा काम गर्ने वाचा गरे। रास्वपाले निर्वाचनअघि जनसरोकारका विषयमा जनसम्पर्क बढाउँदै मतदाता माझ आफ्नो योजना र एजेन्डा स्पष्ट पार्ने तयारी गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आफ्नो चुनावी वाचापत्र सार्वजनिक


प्रतिक्रिया दिनुहोस्