काठमाडौँ । नेपाली कांग्रेसले फागुन १७ गते काठमाडौँमा ठूलो चुनावी सभा गर्ने भएको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार सभापति गगन थापा, उपसभापति तथा निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मासहितका अन्य पदाधिकारीहरूले सभामा सम्बोधन गर्नेछन्।सभाको तयारीको लागि शुक्रबार केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता चालिसेसहित उपत्यकाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र जिल्लाका नेताहरूबीच छलफल गरिएको थियो।
कांग्रेसले फागुन ६ गते जनकपुरको तिरहुतियामा मधेस सभा गर्दै चुनावी अभियानको सुरुवात गरेको थियो। त्यसपछि फागुन ७ गते काठमाडौँको राष्ट्रियसभामा सभापति थापासँग ‘हाम्रो प्रतिज्ञा, तपाईंको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो। पार्टीका प्रवक्ता चालिसेले अन्य प्रदेशहरूमा पनि ठूला चुनावी कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको उल्लेख गर्दै, कुन स्थानमा कहिले सभा गर्ने भन्ने विषय शनिबार टुंगिने जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्