रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना , मृत्यु हुनेको संख्या दुई

Sagarmatha Post
Sagarmatha Post १८ फाल्गुन २०८२, सोमबार
1 Min Read
Aa

रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। प्रहरीका अनुसार, नेपाल प्रहरीका सहायक निरीक्षक पर्शुराम यादव र ५७ वर्षीय डोर प्रसाद घिमिरे दुर्घटनामा परी घटना स्थलमै ज्यान गुमाएका छन्। सोही गाडीमा सवार अन्य ९ जनाभन्दा बढी घाइते भएका थिए।

रामेछाप नगरपालिका–२ स्थित सिरुवारीमा ना ७ ख ६७६८ नम्बरको निशान गाडी सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको थियो। गाडी मतपत्र बोकेर मतदान सेवा सञ्चालन गर्ने क्रममा नगरपालिका–२ स्थित सितलदेवी मावि सिरुवारी र रामेछाप नगरपालिका–३ वडा कार्यालय जाँदै थियो ।

प्रारम्भिक अनुसन्धानमा दुर्घटना सडकमा मोड नपुगी गाडी नियन्त्रण गुमाउँदा भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते ७ जनालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्