उपसभामुख चयनका लागि आज (चैत २६) उम्मेदवारी दर्ता गरिँदै

Sagarmatha Post
Sagarmatha Post २६ चैत्र २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज (चैत २६) उम्मेदवारी दर्ताको समय तोकिएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ। प्रतिनिधिसभाका सचिव हर्कराज राईद्वारा प्रकाशित सूचनाअनुसार उम्मेदवारहरूको नामावली आजै दिउँसो २:३० बजे दर्ता क्रमअनुसार सार्वजनिक गरिनेछ।

उपसभामुखको निर्वाचन भने भोलि (चैत २७) का लागि तय गरिएको छ। अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावकले उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्। उक्त प्रस्तावमाथि छलफलपछि निर्णय गरिने कार्यतालिकामा उल्लेख छ। सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकबाट निर्वाचन मिति तय गर्दै प्रक्रिया अगाडि बढाउन संसद् सचिवालयलाई निर्देशन दिनुभएकाे थियाे।

उपसभामुख पदका लागि विपक्षी दलहरूले उम्मेदवारी दिने तयारी गरेका छन्। यद्यपि, प्रतिनिधिसभामा निर्णायक प्रभाव राख्ने सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थन प्राप्त दलबाट नै उपसभामुख चयन हुने सम्भावना देखिएको छ। हालसम्म रास्वपाले कसलाई समर्थन गर्ने भन्नेबारे औपचारिक निर्णय सार्वजनिक गरेको छैन।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्