नेपाल ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा झर्ने उच्च जोखिममा : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

Sagarmatha Post
Sagarmatha Post २१ असार २०८३, आईतवार
1 Min Read
Aa

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा झर्ने उच्च जोखिममा रहेको बताएका छन्। राष्ट्रिय सभामा शनिबार सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले तत्काल आवश्यक सुधार गर्नुपर्नेमा जोड दिए। वि.सं. २०८१ फागुनदेखि नेपाल ग्रे लिस्टमा रहेको उल्लेख गर्दै उनले तदारुकताका साथ आवश्यक सुधार र सुशासनका कामलाई तीव्रता दिन नसके मुलुक ब्ल्याक लिस्टमा पुग्न सक्ने बताए । ब्ल्याक लिस्टमा परेमा नेपाल सोमालिया र हाइटी जस्तो मुलुकको दर्जामा पुग्ने र बाँकी दुनियाँसँगको तमाम वित्तीय सम्बन्धहरू टुट्ने उनको भनाइ छ।

नेपालको अन्तर्राष्ट्रिय साख उकास्न सुशासन, वित्तीय अनुशासन र अन्तर्राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयन अपरिहार्य भएकाले नै यो विधेयक ल्याइएको अर्थमन्त्रीले बताए । ‘मुलुक २०८१ फागुनदेखि ग्रे लिस्टमा छ, अहिले सेन्स अफ अर्जेन्सीको साथ, तदारुकताका साथ हामीले काम गर्नै सकेनौ भने हामी ब्ल्याक लिस्टतिर झर्दैछौँ र ब्ल्याक लिस्टमा झर्नु भनेको बाँकी दुनियाँसँग हाम्रो तमाम वित्तीय सम्बन्धहरू टुट्नु हो,’ उनले भने ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्