कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश

Sagarmatha Post
Sagarmatha Post २४ असार २०८३, बुधबार
1 Min Read
Aa
Switzerland's Ruben Vargas, left, reacts with teammates after scoring the winning penalty shot in a shootout during the World Cup round of 16 soccer match in Vancouver, British Columbia, Tuesday, July 7, 2026. (AP Photo/Gregory Bull)

काठमाडौँ। कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज भएको खेलमा स्वीट्जरल्यान्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।खेलको निर्धारित ९० मिनेटमा र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । स्वीट्जरल्यान्डको जितमा ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गरे । त्यस्तै म्यानुअल अकांजीको प्रहार भने बहिरियो ।प्रतियोगितामा कोलम्बियाका लागि जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गर्दा डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजको प्रहार बाहिरियो । यससँगै विश्वकपको अन्तिम १६ को खेल सकिएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्