बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।सडकबाट अनियन्त्रित भई जीप करिब ३०० मिटर तल खसरे दुर्घटना भएको हो । भौगोलिक विकटताका कारण घटनास्थलमा हेलिकप्टर पठाइएको छ । घटनाको विस्तृत विवरण र मृतकहरूको पहिचान खुल्न बाँकी छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्