हर्मुज मार्गमा सञ्चालन हुने जहाजमाथि क्षेप्यास्त्र, रकेट, ड्रोन वा अन्य कुनै हतियारबाट आक्रमण नगर्न ट्रम्पको कडा चेतावनी

Sagarmatha Post
Sagarmatha Post ७ श्रावण २०८३, बिहीबार
1 Min Read
Aa

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमा जहाजमाथि कुनै पनि प्रकारको आक्रमण भए इरानका रणनीतिक पूर्वाधारमाथि प्रत्यक्ष सैन्य कारबाही गर्ने चेतावनी दिएका छन् ।सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले इरानलाई लक्षित गर्दै हर्मुज मार्गमा सञ्चालन हुने जहाजमाथि क्षेप्यास्त्र, रकेट, ड्रोन वा अन्य कुनै हतियारबाट आक्रमण नगर्न कडा चेतावनी दिएका हुन्।

ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, ‘अबदेखि इरानले हर्मुज स्ट्रेटमा कुनै पनि जहाजलाई क्षेप्यास्त्र, रकेट, ड्रोन वा अन्य कुनै हतियारले आक्रमण गर्‍यो भने अमेरिकाले इरानको राजधानी वा वरपर रहेका पुल तथा पावर प्लान्टमा बम आक्रमण गरी ध्वस्त पार्नेछ।’ मध्यपूर्वको सबैभन्दा संवेदनशील सामुद्रिक मार्ग मानिने हर्मुज जलडमरूमध्यमा पछिल्ला दिनहरूमा बढ्दो तनावका बीच ट्रम्पको यो अभिव्यक्ति आएको हो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्