दाउन्नेमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते

Sagarmatha Post
Sagarmatha Post १७ आश्विन २०८३, शनिबार
1 Min Read
Aa

नवलपुर (नवलपरासी)। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दाउन्नेमा आज बिहान भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेको एसमोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी अनिल पण्डितले जानकारी दिनुभयो।

दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पुर्‍याइएको छ। दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको पहिचान भने अझै खुल्न सकेको छैन। दुर्घटनाको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान तथा थप विवरण संकलन गरिरहेको जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्