युक्रेनलाई इयूबाट २.९ अर्ब युरो आर्थिक सहयोग

Sagarmatha Post
Sagarmatha Post १७ आश्विन २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौँ । युक्रेनले आर्थिक स्थायित्व कायम गर्दै सुधारका कार्यक्रम अघि बढाउन युरोपेली सङ्घ (इयू)बाट दुई दशमलव नौ अर्ब युरो आर्थिक सहयोग प्राप्त गरेको छ।युक्रेनको अर्थ मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार उक्त रकम समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, प्राथमिकताका बजेट खर्च व्यवस्थापन गर्न तथा पुनर्लाभ र आधुनिकीकरणका कार्यक्रम सञ्चालन गर्न उपयोग गरिनेछ।

मन्त्रालयका अनुसार इयूको सदस्यतातर्फ अघि बढ्ने क्रममा आवश्यक सुधार कार्यक्रम कार्यान्वयन गर्न पनि प्राप्त सहयोग खर्च गरिनेछ।कुल सहयोगमध्ये युक्रेनले ‘युक्रेन सहयोग ऋण’ (युएसएल) अन्तर्गत पहिलो किस्ताका रूपमा ८० करोड युरो प्राप्त गरेको छ। उक्त रकम करिब ८९ करोड ८० लाख अमेरिकी डलर बराबर हुन्छ।युएसएल इयूद्वारा स्थापना गरिएको ९० अर्ब युरो बराबरको वित्तीय संयन्त्र हो। सन् २०२६ देखि २०२७ सम्म युक्रेनको बजेट तथा रक्षा आवश्यकतामा सहयोग पुर्‍याउने उद्देश्यले यो संयन्त्र सञ्चालनमा ल्याइएको हो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्