नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन : प्रतिनिधिका लागि विभिन्न स्थानमा पार्किङ व्यवस्था

Sagarmatha Post
Sagarmatha Post १८ आश्विन २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन काठमाडौँ आएका प्रतिनिधिका सवारीसाधनका लागि विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ। महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक तथा कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरका अनुसार ट्राफिक प्रहरीसँगको समन्वयमा खुलामञ्चमा आउने प्रतिनिधिका सवारीसाधन पार्किङका लागि विभिन्न स्थान तोकिएका छन्।

उनका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान-वे सडकको एकतर्फी भाग तथा दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ। यसैगरी पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र समेत थप सवारीसाधन पार्किङका लागि ट्राफिक प्रहरीसँग समन्वय भइरहेको छ।

कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा देशभरबाट तथा जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने बताइएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्