दसैँ, तिहार र छठका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला

Sagarmatha Post
Sagarmatha Post २३ आश्विन २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ । बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिएको छ। बुकिङ सुरु भएसँगै काठमाडौँको नयाँ बसपार्कमा आफ्नो गन्तव्यतर्फ जान टिकट लिन यात्रुहरूको भीड लागेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाका अनुसार देशका प्रमुख गन्तव्यमा सञ्चालन हुने लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएको हो।

चाडपर्वका समयमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न तथा यात्रुको सुरक्षा सुनिश्चित गर्न एकीकृत सुरक्षा योजना लागू गरिएको छ। प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख शङ्कर श्रेष्ठले बसपार्क तथा आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनुभयो।उहाँका अनुसार यात्रुको सुरक्षाका लागि पोसाकसहितका प्रहरी र सादा पोसाकमा रहेका प्रहरीसमेत ठूलो सङ्ख्यामा परिचालन गरिएको छ। यसअघि गत मङ्गलबार यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुर सङ्घ–सङ्गठनबीच चाडपर्वका बेला यातायात व्यवस्थापनलाई सहज बनाउन आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्