गगन थापामाथि गलत कदम चाले कांग्रेस चुप लागेर बस्दैन : महामन्त्री राणा

Sagarmatha Post
Sagarmatha Post १९ कार्तिक २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगन थापालाई पक्राउ गर्ने प्रयास गरिए सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।ललितपुरको बज्रबाराहीमा आयोजित सरसफाइ तथा फूल रोप्ने कार्यक्रममा बोल्दै राणाले सरकारले सभापति थापाविरुद्ध प्रतिशोधपूर्ण कदम चाल्न खोजे कांग्रेस चुप लागेर नबस्ने बताएका हुन् ।

उनले थापामाथि सरकारले कुनै पनि अनुचित कदम चाले पार्टीले दृढतापूर्वक प्रतिरोध गर्ने स्पष्ट पारे । राणाले भने, ‘सभापति थापामाथि सरकारले कुनै पनि गलत कदम चाल्यो भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन । त्यस्तो कदमको दृढतापूर्वक प्रतिरोध गर्छौँ ।’

बिचौलिया इनाम सापकोटाको बयानलाई आधार बनाएर सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको राणाको दाबी छ । उनले सरकारबाट प्रतिशोधपूर्ण व्यवहार भए त्यसको विरोधमा उत्रिन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्