सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 17, 2020
“प्रभावकारी भयो ट्राफिक उज्यालो अभियानस् १ लाख ३० हजारलाई सचेतना कक्षा”
काठमाडौँ,  चैत ४। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘समुदाय(प्रहरी साझेदारी’ अन्तर्गत रहेर सडक प्रयोगकर्ता, पैदल यात्री, चालकरसहचालक, स्कुलरकलेजका विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न थालेको ३ महिने विशेष ट्राफिक उज्यालो अभियान मार्फत १ लाख २९ हजार ५१३ जनालाई सचेतना प्रदान गरेको छ ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले भन्नुभयो –“सडक प्रयोगकर्तालाई सडकमै गएर मात्र नभई घर(घरमा, स्कुल कलेजमा, खेल मैदान आदिमा  गएर विभिन्न लक्षित वर्गलाई पायक पर्ने स्थानमा ट्राफिक नियम र सडक अनुशासनबारे छर्लङ्गै हुने गरि ुकोर्सु नै डिजाइन गरी ट्राफिक सचेतना प्रदान गरिएको छ ।” उनले भने ( ‘यस ३ महिने अभियानमा लक्ष्यभन्दा बढी १ लाख २९ हजार ५१३ जनालाई प्रशिक्षित तुल्याएको छ जुनकि अभियानले १ लाख जनालाई प्रशिक्षण दिने लक्ष्य राखेको थियो ।’
प्रवक्ता श्रेष्ठका अनुसार यस ३ महिने अभियानमा  सार्वजनिक भाडाका सवारी चालक र सहचालक १९ हजार ५६९ जना, नीजि सवारी चालक १ हजार ९५६ जना, मोटरसाइकल चालक २६ हजार ९२० जना, सिहदरवार स्थित विभिन्न मन्त्रालयका सरकारी चालक ६१२, नेपाली सेनाका चालकहरू ५७, पैदलयात्रीरसर्वसाधरण ६२ हजार ८०१ जना, संघसंस्था १ हजार ८१७ जना र विद्यार्थी १५ हजार ७८१ जनालाई ट्राफिक नियम र सडक अनुशासनबारे प्रशिक्षित तुल्याएको छ ।
ठाउँको ठाउँ कक्षा
यस अभियानमार्फत दैनिक रूपमा महाशाखा र मातहतका ४० ईकाइबाट ट्राफिक नियम सम्बन्धि पर्चा पम्प्लेट, स्टिकर वितरण र श्रव्यदृष्य प्रदर्शनी गरी ट्राफिक नियमबारे सचेतना दिएको, सरकारी, सार्वजनिक भाडा र निजी क्षेत्रका चालकलाई पायक पर्ने ठाउँमा र स्कूलरकलेजका विद्यार्थीलाई विद्यालयमै गएर सचेतना कक्षा दिएको जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले दिनुभयो । सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाउनुका साथै लक्षित वर्गको माध्यमबाट घरघरमा सचेतनाको लागि पर्चा पम्पलेटसमेत वितरण गरेका उनले बताए ।
सडकमै कक्षा
अन्तर्गत पैदलयात्री सुरक्षा अभियान मार्फत रहेर १९ हजार ९९८ जना जथाभावी बाटो काट्ने पैदलयात्रीलाई सोही स्थानमै २० मिनेटको सचेतना कक्षा प्रदान गरिएको छ । महाशाखाले पैदलयात्रीलाई आकाशेपुल र जेब्राक्रसिङको प्रयोग गर्न उपत्यकाको ३ स्थानमा नियमित रूपमा घोडा समेत परिचालन गर्ने गरेको छ ।
ट्राफिक नियम सचेतनाको लागि सारङ्गी टोली
ट्राफिक उज्यालो अभियान अन्तर्गत रहेर गीतसंगितको माध्यमबाट जेब्राक्रसिङ्ग र आकाशेपुलको प्रयोग, सडक संकेतको पालना, मा।प।से गरी सवारी नहाक्न, तिब्र गति र लापरबाहीका साथ सवारी नचलाउन अनुरोध गरी ट्राफिक नियमको पालना र प्रवृत्तिको विकासको लागि उपत्यकाको मुख्य(मुख्य चोकमा सारङ्गी टोली परिचालन गरी ७ हजार ७०० व्यक्तिलाई सचेतना प्रदान गरिएको महाशाखाले जनाएको छ ।
ट्राफिक नियम लेखिएको प्लेकार्ड देखाईयो
उपत्यकाको व्यस्त ४७ वटा चोकहरूमा ट्राफिक पालोमा बसेका चालकहरू तथा जेब्राक्रसिङ्गलाई लक्षित गरि  ट्राफिक नियम लेखिएको व्यानर देखाउने काम समेत गरिएको छ ।
यस्तैगरी दैनिक रूपमा मापसे गरी सवारी चलाउने ९ हजार ५६९, लेन अनुशासन पालना नगर्ने चालकहरू ८ हजार  २६९ र सवारी दुर्घटना गर्ने १०० जना गरी जम्मा १७ हजार ९३८ लाई पनि दैनिक रूपमा महाशाखाले सचेतना कक्षा समेत दिएको छ ।
थप उत्साहका साथ निरन्तरता
ट्राफिक सचेतना अवधारणालाई नागरिकसम्म पुर्‍याउन, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्न, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउन, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन यो अभियान सफल भएको छ । यही थप उत्साहित हुदै फेरि पनि चैत्र १ गतेदेखि विशिष्टीकृत रूपमा यस अभियानलाई निरन्तरता दिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 
यस ३ महिने विशेष ट्राफिक उज्यालो अभियान यही पुस १ गते विशेष कार्यक्रम गरी शूरू भएको थियो  ।
प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ, प्रवक्ता, महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video