समाज
Apr 09, 2020
वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन
काठमाण्डौं । चैत्र २७ । वन तथा वातावरण मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि मुलुकभर घोषित लकडाउनको अवस्थामा विभिन्न जिल्लामा वन तथा वन्यजन्तुको हानी नोक्सानी हुन नदिन पत्राचार गरेको छ ।
बुधबार मन्त्रीस्तरीय निर्णयानुसार लकडाउनको अवस्थामा वन तथा वन्यजन्तुको संरक्षणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखेको मन्त्रालयका प्रवक्ता डा सिन्धुप्रसाद ढुङ्गानाले राससलाई जानकारी दिनुभयो ।
 
संरक्षणका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र समुदाय समेतको थप सक्रियताको आवश्यकता देखिएको बताउँदै उहाँले राष्ट्रिय वनको संरक्षण तथा व्यवस्थापनका लागि प्रदेश वन निर्देशनालय तथा डिभिजन वन कार्यालयका जनशक्तिको स्थानीय प्रशासनसँग समेत समन्वय गरी थप प्रभावकारी परिचालनका लागि प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई अनुरोध गरिएको जनाउनुभयो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video