केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
शिक्षा /स्वास्थ्य
May 21, 2020
स्वास्थ्यकर्मीलाई १० लाखको स्वास्थ्य बीमा
काठमाडौँ, जेठ ८ जुगल गाउँपालिकाले अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिको रु एक लाख बराबर कोरोना जोखिम बीमा गर्ने भएको छ । बुधबार गाउँकार्यपालिकाको आकस्मिक बैठक बसी कोरोना सङ्क्रमणबाट पोजिटिभ पुष्टि भएमा बीमाङ्क रकम प्राप्त गर्ने र रु १० लाख बराबरको स्वास्थ्य बीमा गर्ने भएको छ । बीमावापतको शुल्क जनप्रतिनिधि आफैँले व्यहोर्नुपर्ने निर्णय गरेको सो गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी सो गाउँपालिकाले कोरोनाको सम्भावित जोखिमलाई ध्यान दिँदै सेलाङ मावि सेलाङ, गोल्चे बगर, वडा नं ३ कालीदेवी मावि पाङताङ, डल्लेपोखरी पाङताङ, रत्नराज्य मावि चनौटे, हगाम र जलदेवी माविमा सुरक्षित आवासस्थल तयार गर्नेे उहाँले बताउनुभयो । होम क्वारेन्टिनलाई व्यवस्थित गर्न बनाइएको मापदण्ड पारित गर्ने तथा उक्त मापदण्डको पालनाका लागि उचित प्रचारप्रसार गर्ने र जुगल बाहिरबाट आएका जोसुकै व्यक्तिका लागि अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने निर्णय गरिएको जनाइएको छ । गाउँपालिकाले कोरोना सङ्क्रमण परीक्षणको दायरालाई बढाइ आव २०७७÷७८ को नीति तथा कार्यक्रम तयारीका लागि विषयगत समितिहरुले कार्य थालनी गर्नेछन् । प्रहरी कार्यालयमा ३० मुद्दा दर्ता जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा लकडाउनमा मात्रै विभिन्न ३० मुद्दा दर्ता भएका छन् । कार्यलयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार हालसम्म ती सङ्ख्यामा मुद्दा दर्ता भइ कारवाही भइरहेको छ । उहाँका अनुसार आव २०७६÷७७ अन्तर्गत २०७६ साउन महिनादेखि लकडाउन अघिसम्म जम्मा २४३ मुद्दा दर्ता भइ कारवाही भएका छन् । दर्ता भएकामा मुद्दामा जबर्जस्ती करणीअन्तर्गत दुई, ज्यान मार्ने उद्योगअन्तर्गत तीन, अभद्र व्यवहारमा पाँच, गौवध तीन, कालोबजारी दुई, आत्महत्या आठ, कर्तव्य ज्यान एक, बाल यौन दुराचार एकलगायत अन्य उहाँले बताउनुुभयो । हाल सम्म मुद्दा दर्ता भएका संख्या जम्मा २७३ मध्ये ११ अदालत गएको र १४ वटाको छानबिन भईरहेको पनि उहाँले जानकारी दिनु भयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video