पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’  |  जिल्ला सेक्रेटरीसहित तीन कार्यकर्ता पक्राउ  |  नेपाली कांग्रेस स्याङजाका युवा नेता ईञ्जिनियर क्षेत्रीद्धारा वालिङका दुई क्लबलाई खेल सामग्री प्रदान  |  काठमाण्डौंको तारकेश्वर नगरपालीका १० का यि स्थानलाई सम्बेदनशील क्षेत्र घोषणा, हिडडुल गर्न समेत प्रतिबन्ध
पर्यटन /बिबिध समाचार
Apr 23, 2019
आठौँ खेलकूदको समापन उपराष्ट्रपतिले गर्नुहुने
नेपालगञ्ज, वैशाख १० : आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेहुने भएको छ । प्रतियोगितको भोलि बुधबार भव्य समारोहका बीच नेपालगञ्जस्थित महेन्द्र रङ्गशालामा उपराष्ट्रपति पुनले समापन गर्ने प्रदेश नं ५ का प्रदेश खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले जानकारी दिनुभयो । उहाँका अनुसार समापन समारोहमा फुटबल प्रतियोगितको फाइनल खेल मात्र हुनेछ । फुटबल प्रतियोगितको फाइनल खेलको शुभारम्भ उपराष्ट्रपति पुनले गर्नुहुनेछ । फाइनल खेल भोलि दिउँसो साढे ३ बजे हुनेछ । अहिले फुटबलका सेमिफाइनलका खेल भइरहेका छन् । सेमिफाइनलमा प्रदेश नं ५, नेपाल आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) र नेपाल पुलिस क्लब पुगेका छन् । गत चैत २७ गतेबाट खेल शुरु गरिए पनि प्रतियोगिताको औपचारिक उद्घाटन भने वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्ज रङ्गशालामा भव्य समारोहका बीच गर्नुभएको थियो । ‘आठाँै राष्ट्रिय खेलकूद, हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने मूल नाराका साथ भइरहेको प्रतियोगितामा करीब पाँच हजार खेलाडी सहभागी भएका छन् । बाँकेसहित बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र केही प्रतियोगिता काठमाडाँै, ललितपुर र पोखरामा ३५ खेल सम्पन्न भएका छन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video