प्रमुख समाचार
Jul 17, 2019
सम्भावित महामारी नियन्त्रण गर्न ध्यानाकर्षण
काठमाडौँ, साउन १ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रुपमा फैलने सम्भावनालाई नियन्त्रण गर्न सरकारसँग आग्रह गरेको छ । काङ्ग्रेस संसदीय दलको कार्यालयले आज जारी एक विज्ञप्तिमार्फत बाढी, पहिरो र डुबान क्षेत्रमा थप मानवीय क्षति हुन नदिन सरकार र सम्बन्धित निकायलाई सशक्त एवं गतिशील रुपमा कार्य गर्न आग्रह गरेको हो । केही दिनअघि परेको भारी वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो, डुबान र कटानका कारण ठूलो सङ्ख्यामा मानवीय क्षति हुनाका साथै भौतिक क्षति पनि भएको छ । क्षतिग्रस्तस्थलको प्रतिवेदनका आधारमा विपद् व्यवस्थापनका लागि राज्यले अझै प्रभावकारी ढङ्गले राहत एवं पुनःस्थापना गर्नु आवश्यक देखिएको काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले उल्लेख गर्नुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video