मनमुरी कृषि सहकारीको साधारणसभा सम्पन्न  |  जिपी कोइराला फाउण्डेसन नुवाकोटद्धारा गिरिजाप्रसाद कोइराला कल्याणकारी कोष र पत्रकारीता पुरस्कारको स्थापना  |  एउटाको अपराधको सजाय अर्कोलाई नदिन माग  |  सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच १४औँ महाधिवेशन बारे छलफल  |  द्रुतमार्ग निर्माणको काम द्रुत गतिमा अघि बढाउँदै नेपाली सेना  |  साताको शेयर बजार : दुई अर्ब ५६ करोडको कारोवार  |  व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्छ : मन्त्री पोखरेल  |  अन्तर्वार्ता : अब आर्थिक समृद्धिको प्रमुख जग पर्यटन– मन्त्री भट्टराई  |  धनुषा विस्फोट : अपराधीलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता  |  ह्याचरी उद्योग सङ्कटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द
मनाेरञ्जन/रोचक
Nov 16, 2019
नवीन कलाश्री पुरस्कार मानन्धरलाई
 काठमाडौँ,  कात्तिक ३० कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान पोखराले नवीन कलाश्री पुरस्कार पहिलो पटक वरिष्ठ कलाकार किरण मानन्धरलाई प्रदान गर्ने भएको छ । पुरस्कारको राशि रु ५० हजार र ताम्रपत्र रहेको छ । गोपाल श्रेष्ठ संयोजक रहनुभएको प्रतिभा छनौट समितिले वरिष्ठ कलाकार मानन्धरलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो । कला क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तिलाई प्रत्येक दुई वर्षमा सो पुरस्कार प्रदान गरिने प्रतिष्ठानका उपाध्यक्ष नीरज कायस्थले जानकारी दिनुभयो । वरिष्ठ कलाकार क्षेत्रलाल कायस्थले सिर्जना गर्नुभएको समुन्द्रसतहदेखि हिमालपारिसम्मको चित्रकला समेटिएको कलायात्रा–७६ को मङ्सिर १ गतेदेखि नेपाल आर्ट काउन्सिल बबरमहलमा हुने प्रदर्शनीका अवसरमा उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानका सदस्य केदार धमलाले जानकारी दिनुभयो । प्रदर्शनीमा कलाकार कायस्थका पानी एवं एक्रेलिक रङका भूदृश्य र अमूर्त गरी ७६ चित्र रहने जनाइएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video