गौर हत्याकाण्डबारे जसपाले आज आफ्नो धारणा सार्वजनिक गर्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । गौर हत्याकाण्डबारे जनता समाजवादी पार्टी नेपालले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । सरकारले गौर हत्याकाण्ड पीडितसँग छानबिन गर्ने सम्झौता गरेपछि सरकारसँग सशंकित रहेको जसपाले उक्त घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो ।

त्यसका लागि दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछ । ‘आज दिउँसो २ बजे गौर हत्याकाण्डलगायत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पार्टीको धारणा सार्वजनिक गर्दैछौं,’ प्रवक्ता मनिष सुमनले भने ।

सरकारले गौर हत्याकाण्ड पीडितसँग उक्त घटनाका बारेमा छानबिन गर्ने प्रतिवद्धता हालै जनाएको थियो । त्यसपछि जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेताहरु, गठबन्धनमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालसँग चासो व्यक्त गरेका थिए ।

१७ वर्षअघि रौतहटको गौरस्थित, राइस मिल मैदानमा तत्कालीन नेकपा माओवादी र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम नेपालका कार्यकर्ताबीच भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array