एक्सेल्सियर र ज्ञान निकेतन क्वाटरफाइनलमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं, द एक्सेल्सियर स्कुल र ज्ञान निकेतन दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
एक्सेल्सियरले कान्तिपुरलाई ३१–१३ ले पराजित ग¥यो । एक्सेल्सियरको जितमा राजीव थापाले ९ अंक योगदान गरे । आयुश रावलको २० अंक सहयोगमा ज्ञान निकेतनले रेडिअन्ट पब्लिकलाई ५०–४१ ले हरायो ।
जुनियर ब्वाइजमा एन्जल्स हार्टले स्वप्न वाटिकालाई ३०–१४, रेडिअन्टले श्रीजना ज्ञान सागरलाई २२–१६, आयोजक ग्रिनफिल्ड ‘ए’ ले हिमरश्मीलाई ३२–२१, ज्ञान निकेतनले श्री नवीन ज्योतिलाई २९–१२, किङडम हिमालयले महामञ्जुश्रीलाई १३–११ र इडेन ब्रिज एकेडेमी (इबीए) ले साइ निलायमलाई २४–८ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
सिनियर गल्र्समा महामञ्जुश्रीले हिमरश्मीलाई १८–१७, भ्याली पब्लिकले पिपुल्स एकेडेमीलाई ३८–१८ र साइ निलायमले इबीएलाई २२–१२ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाए ।

प्रतिक्रिया दिनुहोस्

Array