हिमालको ‘बन्द पर्खाल’ विमोचन, राष्ट्रिय सुरक्षा गम्भीर संकटमाः अग्नी सापकोटा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ चैत्र २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला मन्त्री तथा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तिलक शर्मा ‘हिमाल’द्वारा लिखित ‘बन्द पर्खाल’ संस्मरण कृति शनिबार सम्वाद डबलीमा एक समारोहका बीच विमोचन भएको छ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपाध्यक्ष तथा पूर्व सभामुख अग्नीप्रसाद सापकोटाले बन्द पर्खालको विमोचन गर्दै नेपालमा समाजवाद स्थापनाको अभियानलाई अगाडि बढाउन बैचारिक, राजनीतिक, सांगठनिक तथा सांस्कृतिक पुर्नगठन जरुरी भएको बताए ।

साथै सापकोटाले मुलुकले कृषि क्रान्ति, औधोगिकी क्रान्ति, सूचना प्रविधिको क्रान्तिलाई अगाडि बढाउँदै राष्ट्रिय सुरक्षाको नयाँ चुनौतिको सामना गनुपर्ने टड्कारो आवश्यकता रहेको औल्याए । नेपाल राष्ट्रिय सुरक्षाको गम्भीर समस्याबाट अगाडि बढेको बताए । उनले लेखक तिलक शर्माको कृतिले विचारधाराबाट लैस एउटा क्रान्तिकारीले जेलको मोर्चामा कसरी संघर्ष गर्दछ भन्ने यथार्थ बुझ्न सघाउ पु¥याएको पनि समीक्षा गरे । कृतिमाथि बोल्दै नेकपाका स्थायी समिति सदस्य तथा संस्कृतिककर्मी अनिल शर्माले वन्द पर्खालले जनयुद्धको गौरवशाली इतिहासलाई चित्रण गरेको बताउँदै जनयुद्धको विदु्रपीकरण विरुद्धको नयाँ कृति भएको दाबि गरे ।

त्यस्तै कृतिमाथि समीक्षा गर्दै बरिष्ठ माक्र्सवादी समालोचक ईश्वरचन्द्र ज्ञवालीले बन्द पर्खालले पश्चिम नेपालको वर्गसंघर्षमा क्रान्तिकारी जेल मोर्चाभित्र योद्धाहरुले कसरी यातनाको दस्तावेजमा हस्ताक्षर गरेका थिए, त्यसको जीवन्त दस्तावेजीकरण गरिएको बताए । समीक्षक वालकृष्ण अधिकारीले यो कृतिले वैचारिक संस्मरण भएको बताउनुभयो । त्यस्तै समीक्षक अनुपमा रेग्मीले यो कृतिले जनयुद्धलाई नभोगेको, नदेखेकोको पुस्ताका लागि महत्वपूर्ण सन्दर्भ सामाग्री बनेको बताउनुभयो । बन्द पर्खालका लेखक जनयुद्धको ऐतिहासिक प्रक्रियामा जुम्ला, कालिकोटको वर्गसंघर्षको नेतृत्व गर्दागर्दै गिरफ्तार भई धनगढी कारगारमा आस्थाका वन्दी रहेका थिए भने जनमुक्ति सेनाले धनगढी कारागार कब्जा गरी उहाँलाई मुक्त बनाएको थियो । त्यही जेलजीवनको अनुभूतिलाई नै लेखकले कृतिका रुपमा ल्याएका हुन् ।

आयोजक भुँडीपुराण प्रकाशनका अध्यक्ष केशवराज पराजुलीले यो पुस्तकले माओवादी जनयुद्धको इतिहासलाई लिपिबद्ध गरेको बताए । साथै उनले पुस्तक प्रकाशकहरुलाई प्रोत्सहान गर्नुको सट्टा नीतिगतरुपमै सरकारले दुःख दिने कार्य गरेको भन्दै रोष पनि व्यक्त गरे । सार्वजनिकीकरण समारोहमाको सञ्चालन साहित्यकार तथा नाटककार खेम थपलिया, स्वागत गेहेन्द्र ढकाल र केशवराज पराजुलीले सभापतित्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array