मिति २०७७ साल जेष्ठ २३ गते शुक्रबार, जुन ५ तारीख हेरौं राशिफल  |  नेपालीलाई फर्काउन एनआरएनएका सबै शाखा तयारी अवस्थामा  |  निकाद्धारा शैक्षिक परामर्श व्यवसायीलाई अति प्रभावित क्षेत्रमा सुचिकृत गरी सुहलियत ऋण वा पुनरकर्जाको सुविधा दिन माग  |  ‘अप्ठेरो परिस्थितिले सङ्घीय शासन प्रणालीको औचित्य पुष्टि’  |  थप आठ प्रकारका मुद्दामा सुनुवाइ हुने  |  बन्दाबन्दीलाई थप प्रभावकारी बनाइने, प्रशासनको निष्कर्ष  |  बन्दाबन्दी खुकुलो पारेर आर्थिक चलयमान गर्नुपर्ने सुझाव  |  राष्ट्रियसभा अध्यक्षले बैठक र भ्रमण भत्ता नलिने  |  बन्दाबन्दीले राजश्व सङ्कलन प्रभावित  |  मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द गरिने
शिक्षा /स्वास्थ्य
May 15, 2020
कोभिड–१९ : निको हुनेको सङ्ख्या ३६ पुग्यो
काठमाण्डौं । बैशाख २ । कोभिड–१९ बाट सङ्क्रमित भएकामध्ये आज थप एक जना  निको भएर घर फर्कनुभएको छ । योसँगै निको हुनेको सङ्ख्या ३६ पुगेको हो । २७ दिनअघि कोरोना भाइरस देखा परेपछि कोशी अस्पतालमा उपचार गराइराख्नुभएका उदयपुरका २५ वर्षीय पुरुष आज निको भएर घर जानुभएको हो । 

त्यसैगरी आजदेखि कोभिड–१९ का बारेमा जानकारी दिन अडियोमार्फत समस्या सङ्कलन गरी सम्बोधन शुरु गरिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले नागरिकको सहजताका लागि यस किसिमको व्यवस्था शुरु गरेको जानकारी गराउनुभयो ।   

सरकारले हालसम्म २३ हजार ९१४ व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) विधिबाट कोभिड–१९ को परीक्षण गरेको छ । आरडिटी विधिबाट ६३ हजार ८५ मा नमूना परीक्षण गरेको छ । हालसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १५ हजार ६८३ रहेको छ । अहिलेसम्म आइसोलेसनमा २६७ रहेका छन् । प्रप्त तथ्याङ्कअनुसार रेडजोनमा पर्नेको सङ्ख्या ३६३ रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 
 
त्यसैगरी स्वमूल्याङ्न फारम भर्नेको सङ्ख्या ३७ हजार १४७ रहेको बताइएको छ । आज थप नौ जनामा परीक्षण पोजेटिभ देखिएको छ ।  सङ्क्रमित हुनेमा मकवानपुरका ३७ वर्षीय पुरुष र बाँकेका आठ जना १८ देखि ३६ वर्षसम्मका पुरुष रहेका छन् । हालसम्म २५८ सङ्क्रमित रहेका छन् । जसमध्ये २१० पुरुष र ४८ महिला छन् । कोभिड–१९ को परीक्षण दायरा बढाउने उद्देश्यले बिहीबार सरकारले विभिन्न प्रदेशमा हवाई तथा स्थलमार्गबाट १४ हजार ७०० थान ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) कीट पनि पठाएको छ ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video