केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
सेना/ प्रहरी/ शशस्त्र समाचार
Jul 23, 2020
बाढी, पहिरो र डुबान क्षेत्रमा सेनाको खोज, उद्धार र राहत वितरण जारी
काठमाडौँ,  साउन ८ अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानबाट प्रभावित स्थानमा नेपाली सेनाले खोज तथा उद्धारको कार्यलाई जारी राखेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा जनशक्ति र स्रोतसाधन परिचालिन गरी खोज उद्धार तथा राहत वितरणको कामलाई जारी राखेको छ । परिचालित फौजले अस्थायी तटबन्ध निर्माण, अस्थायी पुल निर्माण, अवरुद्ध भएका सडक सञ्चालन गर्ने र जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरणको कार्य गरिरहेको छ । सोही क्रममा झापा, तनहुँ, गोरखा, ललितपुर र रुपन्देहीका विभिन्न स्थानमा बाढी तथा पहिराका कारण विपत्मा परेका नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उक्त निर्देशनालयले जनाएको छ । सेनाले झापा, चितवन र भक्तपुरमा स्थानीयको सहयोगमा अस्थायी तटबन्ध निर्माण गरी बाढी तथा पहिराबाट हुनसक्ने जोखिमको न्यूनीकरण गरेको जानकारी दिएको छ । रसुवा, पर्वत, तनहुँ, पाल्पा, मनाङ र काठमाडौँका विभिन्न स्थानमा अवरुद्ध सडक सञ्चालन गरेको तथा दार्चुलाको मालिकार्जुन गाउँपालिकाको पहिराका घाइतेलाई सेनाले उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज लगेको थियो । प्राकृतिक प्रकोपका घटनामा परेका व्यक्तिको खोजी, उद्धार र राहतका लागि सेनाले काठमाडौँ, इटहरी, भरतपुर र सुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा राखेको जानकारी गराएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video