मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या  |  दुखद घटना, आज बिहानै जिप दुर्घटना,दशैंमा घर जाँदै गरेका दुईको मृत्यु
स्थानीय सरकार
Sep 18, 2017
प्रदेश नं २ मा झण्डै ७३ प्रतिशत मतदान, आजै मध्यराती देखि मतगणना सुरु हुने, कुन जिल्लामा कति मत खस्यो ?
काठमाडौँ  असोज २ । प्रदेश नम्बर दुईमा आज सम्पन्न मतदानमा झण्डै ७३ प्रतिशत मत खसेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको थियो । र्निवाचनमा महिला, जेष्ठनागरीक, अपांगता भएका सहितका उत्साहजनक रुपमा मतदानमा सहभागीता रहेको थियो । 
तराईमा बाढी र डुवानका कारण समस्या भोगीरहेका प्रदेश नम्बर दुईका जनताले पिडालाई भुलेर र्निवाचनलाई उत्सबको रुपमा लिएर मतदानमा सहभागी भएका थिए ।  र्निवाचन आयोगका अनुसार प्रदेश नं २ अन्र्तगतका १३६ स्थानीय मतदान भएको थियो । प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेका छन् । स्थानीय निर्वाचनमा ६६ सय २७ पदका लागि ६ गुणा बढी ३७ हजार दुई सय ३६ उम्मेदवार प्रतिस्पर्धा गरेका थिए । । जसमध्ये १४ हजार तीन सय ३७ महिला र २२ हजार आठ ६१ पुरुष छन् । निर्वाचन आयोगका अनुसार नगरप्रमुख तथा अध्यक्षमा पुरुष १७ सय नौ र महिला ६१ जना उम्मेदवार चुनावी मैदानमा छन् । नगर उपप्रमुख र उपाध्यक्षमा भने महिलाको उम्मेदवारी बढी छ । नगर उपप्रमुख र उपाध्यक्षमा एक सय ९७ पुरुष र नौ सय १९ महिला उम्मेदवार छन् । आयोगको तथ्यांकअनुसार वडाध्यक्षमा पुरुष आठ हजार ५२ र महिला दुई सय २३ जना उम्मेदवार छन् । हालसम्म आठजना निर्विरोध भइसकेका छन् । २१ सय ६६ मतदानस्थलमा ३५ सय ७८ मतदान केन्द्र रहनेछन् । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार पाँच सय कर्मचारी परिचालन गरिएको छ । 
मतदान सम्पन्न भएपछि धेरैजसो ठाँउको मतपेटीका मतगणना स्थलमा ल्याउने क्रम जारी छ । मतपेटीका संकलन भएलगत्तै सर्बदलीय बैठक बसी आजै मध्यराती देखी धेरै ठाँउको मतगणना सुरु हुने र्निवाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रदेश नम्बर दुईको पुरै ठाँउका परिणाम आउन कम्तीमा पाँच दिन लाग्ने छ । 
कुन जिल्लामा कति मतदान ? 

No automatic alt text available.
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video