सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव  |  गृहमन्त्री बादल र ईयुका राजदुत भेटवार्ता  |  गृहमन्त्री बादल र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता  |  सरकारबारे स्थायी समिति बैठकमा निर्मम समिक्षा हुन्छ ः रायमाझी  |  तेस्रो एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको ‘सर्टिफिकेशन प्रोग्राम’ सम्पन्न  |  लागुऔषध सहित नियन्त्रणमा  |  ‘जनता र कर्मचारीको पक्षमा काम गर्न नसक्ने सरकारले ललिपपको ढोल पिटिरहेको छ’
प्रमुख समाचार
Oct 03, 2018
एउटा एक्साभेटरसहित सात ट्याक्टर नियन्त्रणमा
 चितवन,  असोज १७ । अवैध रुपमा गिट्टी र माटो निकासी गर्दै गरेको अवस्थामा प्रहरीले एउटा एक्साभेटरसहित सात ट्याक्टर नियन्त्रणमा लिएको छ । 

कयर खोलाबाट मङ्गलबार अवैध रुपमा गिट्टी निकासी गरिरहेको अवस्थामा तीन ट्याक्टर र व्यक्तिको जग्गाबाट बिना अनुमति माटो बोकिरहेको अवस्थामा चार ट्याक्टर नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारीअनुसार दीपेश इँटा उद्योगले अनुमतिविना माटो निकालेर बोकिरहेको अवस्थामा ट्याक्टर र एक्साभेटर नियन्त्रणमा लिइएको हो । 

दीपेश इँटा उद्योगले व्यक्तिको जग्गाबाट विना अनुमति माटो निकासी गरिरहेको थियो । खैरहनी र रत्ननगर नगरपालिकाले प्रतिट्याक्टर रु ६०० को रसिद काटेर गिट्टी निकासीको व्यवस्था मिलाएको छ । यी दुई नगरपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कन गरेर गिट्टी झिक्नका लागि टेण्डर समेत खुलाउने तयारी गरिरहेको अवस्था छ । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video