पशुपती शर्माको भन्दा कडा गित निस्कीयो, लेख्न सके लेख कान्छा लेख्न सके लेख,एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश  |  काठमाण्डौंमै आज बिहान राँगोले हानेर मर्निङवाकमा निस्कीएका मानिसको मृत्यु  |  नक्खुको बम बिस्फोटमा घाइते गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ  |  आज फागुन ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  ललितपुरमा बम बिस्फोट पछि कमलपोखरीमा पनि बम भेटीयो, सर्वसाधारण त्रसीत  |  ललितपुरमा एनसेल कार्यालय अगाडी बम बिस्फोट ३ जना घाइते, बिस्फोटमा परी एक गम्भीर  |  राष्ट्रपतिको सवारी सुरक्षाका लागि कारगेट मोटरसाइकल किन्न प्रहरीलाई १४ करोड निकासा  |  ५ सय ७० का लागि कतार एयरलाइन्समा रोजगारीको अवसर, झण्डै १ लाख सम्मको तलब, प्रि अन्तरवार्ता सुरु  |  राधिका शाक्यको दैनिकी  |  लागुऔषध सहित २ जना नियन्त्रणमा
स्थानीय सरकार
Oct 09, 2018
संसदीय दलको नेता चयनका लागि सहमतिको प्रयास: प्रभु साह
 जनकपुरधाम  असोज ३ ।  नेकपा प्रदेश नं २ को समितिका संयोजक प्रभु साहले प्रदेशसभाको संसदीय दलको नेता चयनका लागि सहमतिको प्रयास जारी रहेको बताउनुभएको छ । 

समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा साहले पूर्वएमाले र माओवादीका संसदीय दलका सचेतकबीच सहमतिको प्रयास जारी छ भन्नुभयो । 

प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले सहमति नभए चुनावी प्रक्रियाबाट संसदीय दलको नेता चयन गरिने बताउँदै अहिले प्रदेशको विधान तयार पार्ने कार्यलाई प्राथमिकता दिएर अगाडि बढिरहेको जानकारी दिनुभयो । 

यसैबीच जिल्ला तहमा पार्टी एकीकरणका लागि कार्यदल गठन गरिएको बताइएको छ । कार्यदलमा धनुषा जिल्लाका लागि श्रवण यादव, रामचन्द्र मण्डल, श्रीप्रसाद साह र राजकिशोर साह तथा महोत्तरी जिल्लामा योगनारायण यादव, शौखीलाल यादव, राजु खड्का र तुलसा ढुङ्गाना रहनुभएको छ । 

त्यस्तै सर्लाही जिल्लाका लागि कमलादेवी महतो, रेवती पन्त र शिवपूजन यादव तथा सिरहा जिल्लाका लागि लीलानाथ श्रेष्ठ, प्रमोद यादव र अजयशङ्कर नायकलाई कार्यदलमा राखिएको छ । पर्सा जिल्लाका लागि रामचन्द्र साह, प्रभु हजरा, विजय महतो र छोटेलाल यादव तथा बारा जिल्लाका लागि गोपाल ठाकुर, क्षेत्रबहादुर श्रेष्ठ, बलवीर चौधरी र सुन्दर विश्वकर्मा कार्यदलमा हुनुहुन्छ । 

रौतहट जिल्लाका लागि युवराज भट्टराई, उपेन्द्र साह, कल्याण खड्का र कमल यादव तथा सप्तरी जिल्लाका लागि अशोक मण्डल, महेश यादव, रामप्रीत पासवान र गोविन्द न्यौपानेलाई कार्यदलमा राखिएको छ । एक प्रश्नको जवाफमा संयोजक साहले पूर्वएमाले र माओवादी दुवै दलबाट पर्ने गरी कार्यदल गठन गरिएको बताउनुभयो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video