प्रवासी खबर
Sep 13, 2019
एनआरएनए जर्मनीको अध्यक्ष र महिला उपाध्यक्ष बाहेक अन्य पदमा सहमती, अध्यक्षमा थापा र न्यौपानेको घम्साघम्सी हुने
रबिन थपलिया । काठमाण्डौं । भाद्र २७ । गैरआवासीय नेपाली संघ एनसीसी जर्मनीको नयाँ कार्यसमिति चयनका लागि अध्यक्ष र महिला उपाध्यक्ष बाहेक अन्य पदमा सहमती भएको छ । जस अनुसार आईसीसीमा वर्तमान कार्यसमितिका अध्यक्ष बिजय मोक्तान, उपाध्यक्षका लागि खुल्ला दुई पदमा चार जनाको उम्मेद्धवारी परेपछि सहमती गर्ने क्रममा बिधान संशोधन गरेर उम्मेद्धवारी दिएका चारैजनालाई उपाध्यक्ष बनाउने सहमती भएको छ जस अनुसार मिलनराज पन्त, प्रकाश शर्मा, शंकर डाँगी र निनमा राई उपाध्यक्ष रहने छन । त्यस्तै महासचिबमा लोकमणी ढकाल, सचिबमा राजेश सुनुवार र मेनका त्रिपाठी, कोषाध्यक्षमा दिपक लामा राख्ने सहमती भएको छ । युवा कोडीनेटर मा रबिन लामिछाने, युथ सवकोर्डीनेटरमा अर्जुन ओली, महिला कोर्डिनेटरमा सुनिता थापा, महिला सवकोर्डिनेटरमा करुणा राई चयन गर्ने सहमती भएको छ । एनआरएनए जर्मनीका संस्थापक अध्यक्ष, समाजसेवी दिल गुरुङको पहलमा सर्वसम्मतीको प्रयास भएको हो ।  
गैरआवासीय नेपाली संघ एनसीसि जर्मनीको अन्य पदमा सहमती भएपनि अध्यक्ष र महिला उपाध्यक्षमा भने निर्वाचन हुने निश्चीत जस्तै बनेको छ । अध्यक्षका लागि वर्तमान कार्यसमितिका अध्यक्ष बिजय मोक्तान, उपाध्यक्ष हरी न्यौपाने, प्रवक्ता लव थापा र पुर्व उपाध्यक्ष रणबहादुर साउद सहित ४ जनाले उम्मेद्धवारी मनोनयन गरेका थिए । उम्मेद्धवारी दिएका मध्य पुर्व उपाध्यक्ष रणबहादुर साउदले प्रवक्ता लब थापालाई सहमती जनाँउदै अध्यक्षको उम्मेद्धवारी र्फिता लिएका छन् भने अध्यक्षका अर्का प्रत्यासी वर्तमान अध्यक्ष बिजय मोक्तानलाई आईसीसीमा लैजाने सहमती बनेपछि अध्यक्षको दाबी छाडेको बताइएको छ । 
गैरआवासीय नेपाली संघ जर्मनीको अध्यक्षका लागि उपाध्यक्ष हरी न्यौपाने र प्रवक्ता लब थापा बिच चुनावी मैदानमा घम्साघम्सी हुने देखिएको छ । बाम गठबन्धनको सर्मथन रहेको उपाध्यक्ष हरी न्यौपाने र स्वतन्त्र अध्यक्षको उम्मेद्धवार वर्तमान कार्यसमितिका प्रवक्ता लब थापा बिच निकै कडा प्रतिष्पर्धा हुने देखिएको छ । गैरआवासीय नेपाली संघ भित्र राजनीति हावी हुन दिनुहुन्न भन्ने ठुलो जमातको समर्थन प्रवक्ता तथा सामाजीक अभियन्ता, गितकार लब थापालाई रहेको बताईएको छ । अध्यक्षका लागि काँग्रेसको उम्मेद्धवार नरहेकाले काँग्रेसको समेत थापालाई सहानुभुति रहने बताईएको छ । त्यस्तै अध्यक्षको उम्मेद्धवारी र्फिता लिएका रणबहादुर साउदले समेत थापालाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेसंगै थापा बलियो उम्मेद्धवारको रुपमा खडा भएका छन् ।  
त्यस्तै महिला उपाध्यक्ष एक पदका लागी तिनजना को उम्मेद्धवारी परेसंगै कुनै सहमती हुन नसकेपछि महिला उपाध्यक्षमा पनि निर्वाचन हुने देखिएको छ । उपाध्यक्षका लागि किरण सिक्देल, भिमा नानी श्रेष्ठ र सानु गुरुङले उम्मेद्धवारी दिएका छन् ।  
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video