स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारको नामावली प्रकाशन  |  आज मिति २०७६ कार्तिक ३० गते शनिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  नुवाकोट क्षेत्र नं २ का संघिय संसद नारायण खतिवडा र प्रदेश सभा सदस्य केशव पाण्डेद्धारा ९ करोडको पुर्वाधार बिकास कार्यक्रम छनौट, कहाँ कुन योजना ?  |  एमविविएस परिक्षामा उत्रिण नुवाकोटको जनज्ञान माविका पुर्व विद्यार्थी ऋषिकेशलाई विद्यालयद्धारा सम्मान  |  कानुनको धज्जी उडाँउदै बेनिघाट–रोराङ गाँउपालीकाद्धारा क्रसर उद्योग दर्ता, स्थानीय बिकास मन्त्रालय भन्छ “गापालाई क्रसर दर्ता गर्ने अधिकार छैन”  |  ‘सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर’  |  नुवाकोटमा नौ हजार औद्योगिक प्रतिष्ठान  |  राजनीतिक आडमा ‘अपराधकर्म’  |  सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह  |  शून्य दरबन्दीमा १२ विद्यालय
राजनीति
Oct 26, 2019
एक मधेश एक प्रदेश हुन सक्दैनः उपसभापति गच्छदार
ललितपुर, कात्तिक ९ मधेशी दलका नेता तथा नेपाली काङ्गेसका उपसभापति विजयकुमार गच्छदारले देशमा ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताउनुभएको छ । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन एवं नेपाली काङ्गेसबाट गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले संयुक्तरुपमा आयोजना गरेको शुभ दीपावली, नेपाल सम्वत् ११४० एवं छठ पर्व २०७६ को अवसरमा आज आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा’ काङग्रेसका उपसभापति गच्छदारले पार्टीको स्वार्थभन्दा माथि उठेर मुलुकलाई विभाजन गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “म भन्दा ठूलो पार्टी हो । पार्टीभन्दा ठूलो मधेश हो । मधेशभन्दा ठूलो मेरो देश भएकाले यसलाई विभाजन गरेर मुलुकले समृद्धि हासिल गर्न सक्दैन ।” आफू अहिले सत्तामा नरहेको बताउँदै उहाँले थारु र जनजातिको हकमा लडेको मान्छेले समग्र मुलुकको हितमा लड्नुपर्छ भनी यस पार्टीमा लागि परेको बताउनुभयो । रासससँग विशेष कुरा गर्दै गच्छदारले भन्नुभयो, “यस पार्टीमा रहेर महङ्गी र भ्रष्टाचार लगायतका कुरा नियन्त्रण गर्नमा रचनात्मक भूमिका निर्वाह गर्दैछु ।” गत चुनावमा नेपाली काङ्गेसले हार बेहोरेकोमा आगामी चुनावमा विजय हासिल गर्न लागिपरेको उहाँले जानकारी दिनुभयो । गच्छदारले नयाँ युवा पुस्तालाई पुराना व्यक्तिको कदर गर्दै उहाँहरुको योगदानलाई विर्सनु नहुने बताउनुभयो । देश निर्माणमा युवापुस्ता अनुशासित भएर अघि बढ्नुपर्ने गच्छेदारको भनाइ थियो । गच्छदारले आफ्ना कार्यकर्तालाई उच्च मनोबल र दृढताका साथ प्रजातान्त्रिक लोकतन्त्रमा अघि बढ्न आग्रह गर्नुभयो । ललितपुर काङ्गेस सभापति मदनबहादुर अमात्यले पञ्चायती र व्यक्तिवादी प्रवृत्तिबाट माथि उठेर लोकतान्त्रिक प्रवृत्तिमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले देशमा मनाइने चाडपर्वले सबै मानिसको कामना पूरा गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । नगरपालिका प्रमुख गजेन्द्र महर्जनले सबै नगरवासीको साथमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो नगरपालिकाका उपप्रमुख मुना अधिकारीले नेपाली काङ्गेसको जागरण अभियानले मुलुकमा ऊर्जा भरेको दावी गर्नुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video