राजनीति
Dec 01, 2019
नेकपाका श्रेष्ठ विजयी
लमजुङ,  मङ्सिर १५ लमजुङको सुन्दरबजार नगरपालिका– २ मा वडाध्यक्ष पदको लागि  भएको उपनिर्वाचमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नवीनकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले ४४२ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाश सेढाइले ४४२ मत प्राप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाका अनुसार दुई हजार २९७ मतदाता रहेको सो वडामा ६६ दशमलव ३ प्रतिशत अर्थात एक हजार ५२३ मत खसेको थियो । खसेको मतमध्ये १२ मत बदर भएको उहाँले बताउनुभयो । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष लोकराज पाण्डे जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video