धुलिखेल अस्पताल क्षेत्र सिल  |  प्रधानमन्त्री ओली र प्रचण्ड बिच भेटवाता, कस्तो रह्यो भेट ?  |  ज्यानमार्ने उद्योगमा पक्राउ परेकालाई छुटाईदिन्छु भनि रकम लिने नुवाकोट शिवपुरीका युवक पक्राउ  |  नेपालमा कोरोनाको सङ्क्रमणसँगै मृत्युको ग्राफ बढ्दो, सर्तकता अपनाइएन भने ठुलो क्षती व्यहोर्नुपर्ने  |  सवारी दुर्घटनामा दुईको मृत्यु  |  हिजो मुल्यमा भारी गिरावट आएको सुन आज फेरी बढयो, कति पुग्यो आज तोलाको ?  |  घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत  |  सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनको सहयोग  |  कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं
समाज
Feb 08, 2020
प्रभावितकाे जग्गामा हाइड्रोको मनोमानी
लमजुङ । बलियाले निर्धालाई कतिसम्म चेप्छन् भन्ने कुराको उदाहरणका लागि लमजुङमा निर्माणाधीन २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनालाई लिए पुग्छ । पहिले आयोजना प्रभावितलाई चिन्दिन भन्थ्यो, प्रर्वद्धक कम्पनी ‘हिमाल पावर पाटनर’ । तर, अहिले आयोजना प्रभावितको अधिग्रहण नगरेकै जग्गामा मनाेमानी गरिरहेकाे छ ।

र, याे पल्ट चटक के देखाईयो भने, आयोजनाले अधिग्रहण गरेको जग्गाको क्षेत्रफल निकालेर पीडितको मिचिएको जग्गा देखाउन नापीबाट लगिएको अमिनले पीडितको जग्गा नापेर विवाद समाधान भयो भन्दै एकलौटी फिल्ड रिपोर्ट बनाएर हिँडे ।

यहाँनेर प्रमुख जिल्ला अधिकारीलाई समेत गुमराहमा राखेको देखिएको छ । सम्बन्धित पीडितले समेत कसको जग्गा नापेको भन्ने कुरा पछि थाहा पाए । नापीबाट आयोजनास्थलमा खटिएका थिए, सुरेस भण्डारी । उनले समेत आयोजनाका मान्छे र वडा अध्यक्षले जसोजसो भन्यो त्यसो त्यसै गरेर हिँडेछन् ।
पीडितले केही दिन पहिले प्रमुख जिल्ला अधिकारी लक्ष्मण बहादुर खड्कालाई भेटेर आफुहरुको समस्या समाधानका लागि पहल गरिदन भन्दै अनुरोध गरेका थिए ।

त्यही शीलशीलामा प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर नापीका अमिन आयोजनास्थल पुगे । तर, उनले उल्टोकाम गरेर हिँडे। आयोजनाको जग्गा नाप्नु पर्ने ठाउँमा पीडित जग्गा नापेर विवाद सकियो भनेर हिँडेछन् ।

 

जग्गा मिचिएका एक पीडितले पोष्टदैनिकसँग भने, ‘हामीले हाम्रो अधिग्रहण नगरेको जग्गासहित पूरै क्षेत्रफल खोजेका थियौँ । तर, त्यसो भएन । ठ्याक्कै उल्टो भयो । जनप्रतिनिधिले पनि आयोजनातिरै कुरा ताने । दोर्दी गाउँपालिकाका अध्यक्षले पनि कुरै नबुझि उनीहरुले बनाएको कागजमा हस्ताक्षर गरे । तर, हामीले गरेका छैनौँ । हामी उसै परे अदालती प्रक्रियामा जान्छाैँ।’

बेसीशहर नगरपालिकाबाट सम्बन्धित वडाका जनप्रतिनिधि हुन्, अच्युतबाबु बगाले । तर, उनी साह्रै अफ्ठयारा र टर्रा मान्छे । पीडितलाई नै तथानाम भनेर हिँडे । आफुहरुले असहमति राख्दा राख्दै बगाले विवाद मिलिसक्यो अब काम रोक्न पाइँदैन भन्दै जबरजस्ती गरेर हिँडेको पीडितले बताएका छन् ।

आफ्नो जग्गा नाप्न ल्याइएका अमिनले हाम्रो जग्गा नापेर गयो, एक पीडितले भने, ‘हामीले काठमाडौंबाट ल्याएको अमिनले डिजिटल प्रविधिबाट नाप्दा दुई दाजु भाइकाे साढे ३ आना जग्गा मिचिएको देखिएको थियो । अहिले आएको सरकारी अमिनले मेरै जग्गा नापेर त्यतिकै तपाईको जग्गा पुग्यो भनेर हिँड्यो ।’

४२ सालमा गरिएको नापीपछि दोर्दी खोलाले थुप्रै जग्गा कटान गरेको छ । तर, अहिले आएर आफुहरुले अधिग्रहणका लागि दिएको भन्दा बढी जग्गा हाईड्रोले मिचेको पीडितको भनाई छ ।

र, अर्को छक्क पार्ने कुरा त के भने दुई दाजुभाईको साढे ३ आना जग्गा मिचिएको छिनोफानो नै नगरी फिल्ड मुचुल्का तयार भयो र जनप्रतिनिधि तथा नापीबाट खटिएका अमिनसहितले हस्ताक्षर गरेर हिँडे । आफुहरुको कुरै नसुनी एकलौटी मुचुल्का तयार पारेकाले आफुहरु अब फेरि संघर्ष गर्ने पीडितहरुले बताएका छन् ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video