सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 15, 2020
प्रदेश प्रहरी प्रमुखद्वारा मेलम्ची आयोजनाको स्थलगत निरीक्षण
मेलम्ची, चैत  २ वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख किशोरकुमार दाहालले सिन्धुपाल्चोकमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । आयोजनाको काममा कुनै पनि किसिमको सुरक्षा चुनौती हुन नदिने उद्देश्यसहित प्रमुख दाहालले जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जनसहितको टोली लिएर आयोजनाका कामको आकस्मिक निरीक्षणसँगै सुरक्षा चुनौतीबारे बुझ्नुभएको थियो । प्रदेशको लागुऔषध नियन्त्रण र कोरानाविरुद्ध सचेतना अभियानकै क्रममा आज उहाँले आयोजनाको सुरक्षाका विषयमा आकस्मिक निरीक्षण गर्दै सोही अवसरमा सुरक्षा अवस्था र समस्याबारे विशेष चासोसमेत राख्नुभएको थियो । आयोजनाको काम, प्रगति र सुरक्षा अवस्थाका विषयमा आयोजनाका ई. शेखर खनालले जानकारी गराउनुभएको थियो । निरीक्षणका क्रममा उहाँले आयोजनाको काममा सुरक्षाको दृष्टिकोणले कुनै असर आउन नदिन निर्देशन दिनुभयो । प्रहरी कर्मचारीले व्यक्तिगत एवम् पेशागत आचरण र व्यवहारमा थप सुधार गरी आफ्नो जिम्मेवारीमा लगनशील, निष्पक्ष र निःस्वार्थ हुनसमेत दाहालले आग्रह गर्नुभयो । सो अवसरमा जिल्ला प्रहरी प्रमुख महर्जनले आफूहरुले देशकै महत्वपूर्ण आयोजना भएकाले गम्भीरताकापूर्वक निगरानीसहित सुरक्षा दिइरहेको जानकारी दिनुभयो । यसअघि उहाँले दोलखाको अपर तामाकोशी र सिन्धुपालचोकको मध्यभोटेकोशीको सुरक्षा चुनौतीका विषयमा स्थलगत निरीक्षण गरिसकेको बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video