सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 23, 2020
हिरा लुटन काठमाण्डौंबाट हेटौडा पुगेको तिन प्रहरी टोली सहित ४ जना प्रहरीबाटै पक्राउ
काठमाण्डौं । चैत्र १० । बहुमुल्य धातु हिरा लुटने उदेश्य सहित काठमाण्डौंबाट निजी गाडीमा हेटौडा पुगेका तिन प्रहरी सहित  ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा कार्यरत २६ वर्षीय प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र बेसेल, प्रहरी जवानहरु वीरबहादुर बस्नेत र हेमाकान्त पुन मगर छन् । त्यस्तै, आफूलाई पत्रकार बताउने सुजन आचार्य रहेका छन् ।
पूर्व तयारीका साथ लुटपाट गर्नका लागि काठमाडौंबाट मकवानपुर कैलाश गाउँपालिका ५ चौकीटार गोगने बस्ने ७० वर्षीया धनलक्ष्मी गुरुङको साथमा रहेको हिरा  खरिद गर्ने बाहानामा मोलतोल गरेको जस्तो गरी पेस्तोल देखाई धम्काई उक्त पत्थर लुटीटेर फरार भएका थिए । उनिहरु फरार भएलगतै ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले प्रदेश-३-०१-०१-००२२ च ३३६२ नम्बरको कारमा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 
  उनीहरूको साथबाट १२.२६० ग्रामको उक्त पत्थर १ थान, चाईनिज पेस्तोल १ थान, त्यसको म्याग्जिन १ थान, गोली ७ राउण्ड, मेटल डिटेक्टर २ थान, ह्यायण्ड सेट ४ थान, ल्यापटप १ थान, क्यामेरा १ थान र मोबाइल ७ थान समेत प्रहरीले बरामद गरेको  छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video