धर्म/संस्कृति
May 23, 2020
मिति २०७७ साल जेष्ठ १० गते शनिबार, मे २३ तारीख हेरौं राशिफल
काठमाण्डौं । आज मिति २०७६ साल जेष्ठ १० गते शनिबार । तदनुसार मे २३ तारीख । नेपाल संवत ११४० बछलाथ्व ।
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। आज स्वास्थ्य प्रति सजक रहन जरूरी छ । सामाजिक काममा व्यास्त हुने समय रहेको छ, तर गरेको कार्यबाट सफलता भने नमिल्ला । विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ। मिहिनेतले आँटेको काम बन्नेछ।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले काम बनाउन सकिनेछ। भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ । व्यवसायमा सामान्य लाभ हुनेछ तर चिताएको दाम नउठ्न सक्छ। 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ। आज धार्मिक र सामाजिक महत्त्व क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। आजको दिन घरमै हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर प्राप्त हुनेछ ।नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। 
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसरका लागि केही दौडधुप गर्नुपर्ला। आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला। अर्थअभावले विशेष काम रोकिन सक्छ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आज जिम्मेवारी बढ्न सक्ने समय आएको छ । आम्दानीका विभिन्न स्रोत देखिए पनि लगानीतर्फ लागत बढ्नेछ। मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न मद्दत पुर्याउने र शरीरमा ऊर्जा प्रदान गर्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ। 

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ। मिहिनेतले व्यावसायिक चुनौती पन्छाउन सकिनेछ। स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला। आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्न सक्छ । 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
मनमा हर्ष र प्रसन्नता छाउनेछ ।धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मिहिनेत परे पनि भविष्यका लागि जग बसाउने अवसर प्राप्त हुनेछ।सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ।
 
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। आजको यात्राले दुख हुन सक्छ । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ।काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति मानशीक चिन्ता बढ्ला । कामको चाप पनि बढ्न सक्छ। खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। 

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। आज प्रविधि मार्फत दैनिकी सहज हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला । मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्नेछ। पारिवारिक भेटघाट हुनेछ । खानपान तथा मनोरञ्जनको समय छ। 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। आज वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। परिस्थितिवश सानोतिनो समस्याले अल्झाउनेछ। मिहिनेतीहरूका लागि भने समय उत्साहजनक नै रहनेछ। 

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। । आज बोलीवचन, प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ । हल्लाको पछि लाग्दा व्यर्थैमा दुख पाइनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video