ठमेलको डिस्कोमा धारीले हतियार प्रहार गरी १६ बर्ष अघि युवकको हत्या गरेका अभियुक्त दिल्लीबाट पक्राउ
काठमाडौं । माघ २६। १६ बर्ष अघि ठमेलको डिस्कोमा धारीलो प्रहार गरी युवक हत्या गरेको अभियोगमा जन्म कैद फैसला भएका अभियुक्त भारतको जयपुरमा पक्राउ परेका छन् ।
भारतको जयपुर अन्तराष्ट्रिय बिमानस्थलबाट बैकक हुंदै मलेसिया जाने क्रममा हत्या अभियोगमा जन्म कैद फैसला भएका अतिनि भन्ने मुखिया गुरुङ इन्टरपोल भारतका प्रहरीले पक्राउ गरेका हुन् ।
मुखिया काठमाडौंको ठमेल स्थीत जुलीस स्टुडीयो ५४ डिस्कोमा २०५८ कार्तिक १८ गते १९ बर्षिय सुवर्ण गुरुङलाई धारीलो हतियार प्रहार गरी हत्या गरेर फरार रहेका थिए । नेपाल प्रहरीले २०७४ मंसिर १२ गते इन्टरपोल मार्फत रेडकर्नर नोटिस जारी गरेको यियो ।