सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 19, 2018
अबैध इन्भेष्टमेन्ट कम्पनी मार्फत झण्डै १० करोड संकलन गर्ने आठ कम्पनीका सञ्चालक पक्राउ, प्रहरीले यसरी जोगाईदियो सर्वसाधारणको करोडौं रकम
काठमाडौं । फागुन ७ । अबैध रुपमा बित्तिय कारोबार गरी ९ करोड ९७ लाख ७९ हजार ६ भन्दा बढी रकम संकलन गर्ने इन्भेष्टमेन्ट कम्पनीका ८ सञ्चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरोको टोलीले नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट वित्तिय कारोबार गर्ने अनुमति नलिई सुनसरी र मोरङमा सञ्चालित ईन्भेष्टमेन्ट कम्पनीमा छापामारी सञ्चालकहरुलाई पक्राउ गरेको हो । 
आफूलाई प्राप्त कानूनी दायरा विपरित गैरकानूनी तवरले स्थानीयसँग बचत संकलन तथा ऋण प्रवाह गर्ने लगायतको वित्तिय कारोवार गरिरहेको अवस्थामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान टोलीको संयुक्त कार्वाहीमा ८ जना संचालकहरु आइतबार पक्राउ परेका हुन ।
उक्त कारबाहीमा आपन ईन्भेष्टमेन्ट प्रालि, ईटहरी सुनसरीबाट ईटहरी उपमहानगरपालिका–८ बस्ने ४० वर्षीय भीमप्रसाद चौधरी र सोही उपमहानगरपालिका–६ बस्ने ५० वर्षीय श्याम पेशकार थारु पक्राउ परेका छन् । उक्त प्रालिबाट विभिन्न भर्पाई रसिद प्याड, बचत पासबुक १ थान, खाली बचत पासबुक १ हजार २ सय ६८ थान, भरेको ऋण माग फारम ७ थान, व्यावसायिक ऋण लगानी फाईलहरु १ सय ७ थान, कम्पनीको प्रस्तावना तथा नियमावली, बैंक भौचर र बिलहरुको फाईल ८ थान, आम्दानी र खर्चको अभिलेख किताब १ थान, नगदी रसिद प्याड ११ थान, भर्पाई रसिद प्याड ११ थान, दैनिक नगद संकलन फाईल ९ थान र खाली प्याड १ थान, संचालक समितिको माईन्युट रजिष्टर १ थान, कर्मचारी नियुक्तिको करारनामा फाईल ४ थान, तमसूकको खाली फम्र्याट १ थान, सवारी साधनमा लगानी गरेको अभिलेख सम्बन्धी फाईल १ थान, सांग्रिला डेभलपमेन्ट बैंकका चेकबुक ५ थान तथा बैंक स्टेटमेन्ट फाईल १ थान र कम्प्युटर सेट २ थान बरामद भएको छ । साथै स्थानीय जनताबाट अवैधानिक रुपमा संकलन गरेको बचत रकम २ करोड ३९ लाख ४७ हजार ६ सय ६० रुपैयाँ रहेको खुल्न आएको छ ।
यसैगरी हलेसी ईन्भेष्टमेन्ट प्रालि धरान, सुनसरीबाट पक्राउ पर्नेहरुमा सुनसरी धरान–५ बस्ने संखुवासभा बाला गाउँपालिकाका ३१ वर्षीय चन्द्रबहादुर विक र सोही ठााउँ बस्ने २८ वर्षीया अनिता विक रहेका छन् । उक्त प्रालिबाट खाली पासबुक ७ सय ९३ थान, भरिएको पासबुक १ सय ८ थान, ल्यापटप १ थान, विभिन्न रजिष्टर ६ थान, नगदी रसिद ठेली ५ थान, राजिनामा लिखत ४ थान, ब्लूप्रिन्ट नक्सा २ थान लगायतका कागजात बरामद भएको छ । साथै स्थानीय जनताबाट अवैधानिक रुपमा संकलन गरेको बचत रकम ६ करोड ९९ लाख ८० हजार ७ सय ३७ रुपैयाँ रहेको खुल्न आएको छ ।
यसैगरी मन्सुन ईन्भेष्टमेन्ट प्रालि ईटहरी, सुनसरीबाट सुनसरी ईटहरी उपमहानगरपालिका–४ बस्ने ३४ वर्षीय सुनिल गुरागाई पक्राउ परेका छन् । उक्त प्रालिबाट बचत तथा ऋण पास बुक १४ थान, डिपोजिट स्लिप ७६ थान, बचत रजिष्ट्रर १ थान, ऋण रजिष्ट्रर १ थान बरामद भएको छ । साथै स्थानीय जनताबाट अवैधानिक रुपमा संकलन गरेको बचत रकम ५० लाख रुपैयाँ रहेको खुल्न आएको छ ।
यसैगरी छिन्ताङ ईन्भेष्टमेन्ट प्रालि ईटहरी, सुनसरीबाट सुनसरी ईटहरी उपमहानगरपालिका–८ बस्ने २८ वर्षीय डिल्लीप्रसाद आचार्य र सोही ठाउँ बस्ने ३५ वर्षीय प्रकाश आचार्य पक्राउ परेका छन् । उक्त प्रालिबाट बरामद सामानहरुमा बचत पासबुक ५ सय २४ थान, ऋण पासबुक ५ सय २२ थान, कलेक्सन रसिद ९ थान, नगद रसिद १० थान, कर्जा फारम २ थान, भर्पाई प्याड ६ थान र तमसुक प्याड १ थान रहेका छन् । साथै उक्त ईन्भेष्टमेन्ट कम्पनीले स्थानीय जनताबाट बचत संकल्न ऋण प्रवाह गर्ने कार्य भर्खर शुरु गरेको खुल्न आएको छ ।
यसैगरी चौतारी ईन्भेष्टमेन्ट प्रालि विराटनगर, मोरङबाट पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–१२ बस्ने २७ वर्षीय राजु साह रहेका छन् । उक्त प्रालिबाट सञ्चालक समितिको वैठकको माइन्युट १ थान, नेपाल बङ्गलादेश बैंकको चेकबुक १ थान, दैनिक रकम बचत फाइल १ थान, तमसुक लोनको फाईल १ थान, बचतकर्ताले भर्ने आबेदन फारम भएको फायल १ थान, कर्जा दिएको सक्कल तमसुक ३ पाना, दृष्टीबन्धक सक्कल कागज १ पाना र धितोको जग्गाधनी प्रमाणपूर्जा २ पाना बरामद भएको छ । साथै स्थानीय जनताबाट अवैधानिक रुपमा संकलन गरेको बचत रकम ८ लाख ६१ हजार २ सय ७४ रुपैयाँ रहेको खुल्न आएको छ ।
उक्त ईन्भेष्टमेन्ट कम्पनीहरुले अवैधानिक रुपमा वचत संकलन तथा ऋण प्रवाह गर्ने गरेको, बढी ब्याज दिने प्रलोभन देखाई बचत संकल्न गरेको र उक्त बचतलाई २४ प्रतिशत भन्दा बढी ब्याज असुल गरी ऋण प्रवाह गरेको, स्थायी रुपमा कार्यालय नराखी झोलाबाटै कार्यालय संचालन गरेको र हालसम्म अवैधानिक रुपमा संकलन गरेको रकम ९ करोड ९७ लाख ७९ हजार ६ सय ७१ देखिएपनि विगो रकम अझै बढन सक्ने देखिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ सबैलाई बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ को बर्खिलाप गरेको कसुर अपराधमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगंजले जनाएको छ ।
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video