नक्खुको बम बिस्फोटमा घाइते गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ  |  आज फागुन ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  ललितपुरमा बम बिस्फोट पछि कमलपोखरीमा पनि बम भेटीयो, सर्वसाधारण त्रसीत  |  ललितपुरमा एनसेल कार्यालय अगाडी बम बिस्फोट ३ जना घाइते, बिस्फोटमा परी एक गम्भीर  |  राष्ट्रपतिको सवारी सुरक्षाका लागि कारगेट मोटरसाइकल किन्न प्रहरीलाई १४ करोड निकासा  |  ५ सय ७० का लागि कतार एयरलाइन्समा रोजगारीको अवसर, झण्डै १ लाख सम्मको तलब, प्रि अन्तरवार्ता सुरु  |  राधिका शाक्यको दैनिकी  |  लागुऔषध सहित २ जना नियन्त्रणमा  |  नेपालमा ७ महिनामा १२ सय बलत्कार ! हिडन नसक्ने बालीका देखि बृद्धा महिला समेत बचेनन, बलत्कारका यस्ता घटना समेत भए  |  नेपाल प्रहरीका ४० एसपीको सरुवा, २६ एसपीको पदस्थापन, को कहाँ ?
स्थानीय सरकार
Aug 13, 2018
प्रदेशको नामाङ्कनमा फरक मत
 वीरेन्द्र कर्ण 
वीरगञ्ज, साउन 
२८ । तराई मधेशको आठ जिल्लालाई समेटेर बनाइएको प्रदेश नं २ को नामाङ्कनका सम्बन्धमा विभिन्न दल तथा प्रदेश सरकारबीच खिचातानी चलिरहेका बेला यहाँका साहित्यकारहरुले पनि फरक धारणा अघि बढाएका छन् । 

अधिकांश साहित्यकारले सीताकालीन सभ्यता र संस्कृतिसँग जोडिएको इतिहास र भूगोललाई आधार मानी प्रदेश नं २ को राजधानीको नाम मिथिला, जनक, जानकी, विदेह राख्नुपर्ने तर्क अघि सारेका छन् भने केही साहित्यकारले भने यसको नाम मिथिला–भोजपुरा, मध्यमधेश राख्नुपर्नेमा जोड दिएका छन् । 

राज्य पुनःः संरचना आयोगले प्रदेश सीमाङ्कनका लागि पहिचान र सामथ्र्यका गरी नौ वटा आधार तय गरेकाले सोही बमोजिम जिल्लाको पहिचान हुनेगरी यहाँको मैथिली भाषा, साहित्य, कला र संस्कृतिलाई आधार बनाइएको हो । महाभारत, रामायण, उपनिषद्जस्ता ग्रन्थमा मिथिला र जनकपुरधामको चर्चा गरेको पाइन्छ । 

राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका मैथिली बिभागका उपप्राध्यापक तथा साहित्यकार श्यामसुन्दर शशीले पूर्वीय छ दर्शन (षडदर्शन) मध्ये चार दर्शन मिथिला भूमि अर्थात् जनकपुरमै लेखिएको प्रमाणित भइसकेकाले पहिचानको हिसाबले जनकपुरधामलाई यो प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने र यसको नामाङ्कन मिथिला प्रदेश गरिनुपर्नेमा जोड दिनुभएको छ । 

सहमतिकै आधार र सबैको स्वामित्व हुने गरी यो प्रदेशको नाम तय गरिनुपर्ने तर्क गर्दै अर्का साहित्यकार चन्द्रकिशोर झा भन्नुहुन्छ, “त्योभन्दा पनि प्राथमिकताको विषय भनेको प्रदेशलाई अधिकार सम्पन्न बनाउने काम प्रमुख विषय भएकाले नामभन्दा पनि कामलाई प्राथमिकता दिनु जरुरी छ ।” 

प्रदेशको स्थायी राजधानी, कामकाजी भाषा तथा नामाङ्कनका लागि प्रदेश संसद्मा दुई तिहाइको आवश्यकता पर्ने भएकाले हालसम्म प्रदेश सांसदहरुबीच सहमति भने हुन सकेको छैन । प्रदेश २ मा मैथिली भाषाभाषी ४५ प्रतिशत छन् भने भोजपुरीका १८.५ प्रतिशत छन् । यो प्रदेशको नामाङ्कनका विषयमा मैथिली भाषाका वरिष्ठ साहित्यकार डा राजेन्द्र बिमल पर्यटन व्यवसायलाई समृद्ध बनाउने हो भने प्रदेश नं २ को नाम मिथिला–भोजपुरा राख्नुपर्नेमा जोड दिनुहुन्छ । संस्कृति, साहित्य तथा भाषाको दृष्टिकोणले पनि भोजपुरा समृद्ध रहेकाले मिथिला–भोजपुरा नाम राखेमा विवाद नहुने उहाँ बताउनुहुन्छ । 

साहित्यकार अवधेश पोखरेल पनि पौराणिक आस्थाले भरिएको, ऐतिहासिक तथा प्राचीन नगरी जनकपुरलाई अझ समृद्ध बनाउने हो भने प्रदेश नं २ को नाम जनक, जानकी, मिथिला वा विदेह राख्न सुझाव दिनुहुन्छ भने भोजपुरी भाषाका साहित्यकार आनन्द गुप्ता भन्नुुहन्छ, “मधेश आन्दोलनको उपज नै सङ्घीयता भएकाले यसको नाम मध्य मधेश हुनुपर्दछ ।” 

प्रदेश २ मा कूल १०७ प्रदेश सांसद छन् । आठ जिल्ला रहेको यस प्रदेशमा बोलिने मुख्य भाषा मैथिली, भोजपुरी र नेपाली हो । केही प्रतिशतले बञ्जिका भाषासमेत बोल्ने गरेको पाइन्छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video