विचार/अन्तरवार्ता
Jul 31, 2014
यि हुन मिस नेपाल युएसका प्रतिष्पधीहरु
अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवतीहरूलाई लक्षित मिस नेपाल युएसको चौथो संस्करणका लागि १५ जना प्रतिस्पर्धी छनौट भएका छन्। इभेन्ट प्लानेट इंकले नेपाली संस्था ई-प्लानेटको सहकार्यमा आउँदो भदौ १५ गते न्युयोर्कको कुइन्स थिएटरमा मिस नेपाल युएसए सम्पन्न गर्नेछ। अमेरिकाका विभिन्न राज्यबाट आएका आवेदनमध्ये छानिएका अन्तिम १५ सहभागीले कार्यक्रममा आ-आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन्। यो प्रतिस्पर्धाका सहभागीहरूले व्यक्तित्व विकास, नेपाली कला, संस्कृति तथा पर्यटन विकास, महिला सशक्तीकरण र अधिकारजस्ता विषयमा तालिम प्राप्त गर्नँका साथै नेपाल र नेपालीका लागि आफ्नो कार्ययोजना पनि प्रस्तुत गर्नेछन्।

आयोजक संथाका सदस्य निराकर उप्रेतीका अनुसार यो प्रतिस्पर्धामा नेपाली कला, संस्कृति, भाषा र पर्यटनको प्रवर्द्धनका साथै बौद्धिक सुन्दरतालाई प्राथमिकता दिइनेछ। मिस नेपाल अमेरिका पहिलोपल्ट सन् २०११ मा अमेरिकाको न्युयोर्कमा सम्पन्न भएको थियो। पहिलो मिस नेपाल, अमेरिका सुजिता बस्नेत हुन्। त्यसपछि दोस्रो संस्करण सन् २०१२ मा वासिङ्टन डीसीमा र तेस्रो संस्करण न्युयोर्कमा सन् २०१३ मा भएको थियो, जसमा क्रमशः आस्था श्रेष्ठ तथा वर्तिका राई विजयी भएका थिए।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video