समाज
May 08, 2019
बालश्रम र विवाह न्यूनीकरण गर्न सचेत बन्दै नागरिक
काठमाण्डौं, बैशाख २५ बालविवाह न्यूनीकरण तथा बालश्रम अन्त्य गर्न दाङको तुलसीपुर उपमहानगरपालिकाले थालेको अभियान प्रभावकारी बन्दै गएको छ । तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री नगर निर्माणका लागि अभियानको थालनीपछि बालविवाह तथा बालश्रममा न्यूनीकरण आएको पाइएको छ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य, महिला तथा बालबालिका शाखा संयोजक नवराज लामिछाने, महिला शाखा प्रमुख माया श्रेष्ठलगायतको टोलीले अनुगमन गर्दा यस्तो भेटिएको हो । तुलसीपुरको सबैभन्दा बढी बालश्रमिक र बालविवाह गर्ने गरेको तुलसीपुरको वडा नं ४, ७ , १०, ११ तथा साविक उरहरी, टरिगाउँ र हलवार गाविस हुने गरेको भए पनि पछिल्लो समय त्यहाँका नागरिक सचेत बनेको उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले बताउनुभयो । “साविकको टरिगाउँ, उरहरी र हलवार बालविवाह र बालश्रम बढी हुने गरेका गाविस थिए, यिनैलाई लक्षित गरी विभिन्न सङ्घसंस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन ग¥यौँ”, उहाँले भन्नुभयो, “यी कार्यक्रम सञ्चालनपछि अहिले बालश्रम र बालविवाह गराउनु हुन्न भन्नेमा अभिभावकहरु सहमत देखिएका छन् ।” तुलसीपुर उपमहानगरपालिका र सिबिसको आर्थिक सहयोगमा नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्युसिपिसी)ले बालविवाह न्यूनीकरण र बालश्रम अन्त्यका लागि कार्यक्रम सञ्चालन गरिरहेको तुलसीपुर उपमहानगर महिला तथा बाल संरक्षण केन्द्रका संयोजक नवराज लामिछानेले बताउनुभयो । बालविवाहले पार्ने असरका बारेमा सबै नागरिक सचेत भइसकेको तुलसीपुर उपमहानगर महिला शाखा प्रमुख माया श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “बालविवाह गर्दा गर्भवती किशोरीको मृत्यु नै हुनसक्छ भन्ने चेतना भएपछि यस्तो कार्य रोकिएको छ ।” अहिले बालविवाह तथा बालश्रम अन्त्यका लागि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको पत्र, पर्चा पम्पलेट वितरण गर्नुका साथै सडक नाटक प्रस्तुत गर्ने गरिएको न्युसिपिसीका कार्यक्रम संयोजक सन्तोष चनाराले जानकारी दिनुभयो । आगलागी हुँदा लाखौँ क्षति दाङ घोराहीका विभिन्न आठ घरगोठमा आगलागी हुँदा रु ३१ लाख ५० हजार बराबरको क्षति भएको छ । मङ्गलबार साँझ घोराही उपमहानगरपालिका–१ स्थित सल्लीबोट सामुदायिक वनमा आगलागी हुँदा सोही ठाउँका छ घर र दुई गोठ पूर्णरुपमा जल्दा रु ३१ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आगलागीबाट घोराही–१ तल्लो मालेका चुमानसिंह विष्ट, गमबहादुर गमाल, टुकमान गमाल, श्यामलाल विष्ट घरगोठ जलेर नष्ट हुँदा त्यति धनमालको क्षति भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताउनुभयो । उक्त आगलागीलाई मङ्गलबार करीब राति ७ बजेतिर नियन्त्रणमा लिइएको हो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video