राजनीति
May 10, 2019
११ विद्यार्थी संगठनले जेष्ठ दोश्रो साता बैज्ञानिक शिक्षाका लागि अन्तरक्रिया गर्ने
काठमाडौं बैशाख २७ सरकार विरुद्ध उत्रिएका र शैक्षिक परिवर्तनमा एकठाउमा उभिएका बिपक्ष दलका ११ विद्यार्थी संगठनले नेपालको शिक्षालाई बैज्ञानिक रुपमा रुपान्तरण गर्न जेष्ठ ११ गते प्रज्ञा भवनमा अन्तरक्रिया गर्ने बताएका छन। सो अन्तरक्रियामा नेपालको अनुसन्धान र आविस्कारकोको बारेमा बृहत् पनि गरिने जानकारी शाहले दिए। युनियन हाउस अनामनगरमा आज पत्रकार सम्मेलन गर्दै नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले यस्तो जानकारी दिएका हुन। शाहले नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने लाइसेन्स जस्तो भएको भन्दै त्यो परम्परालाई हटाउन प्राबिधिक शिक्षालाई ग्रामिण भेगका सामुदायिक क्याम्पसको पहुँचमा पुर्याउनुपर्ने उल्लेख गरे। पर्यटनलाई उद्योगको रुपमा बिकाश गर्न सबैले कुरा उठाए पनि त्यतातिर कसैले ध्यान नदिएको भन्दै साच्चिकै उद्योगको रुपमा बिकाश गर्न नेपालमा पर्यटन बिश्वबिद्धालयको स्थापना गर्न तिर सबैको ध्यान जानुपर्ने पनि शाहले जिकिर गरे। भ्रष्टाचार दिनप्रतिदिन बढ्दै गएको र यसलाई नियन्त्रण गर्ने निकाए अख्तियर दुरुपयोग अनुसन्धान आयोग निरिय भएको भन्दै त्यसलाई चलाएमान बनाउन बर्षौदेखी भ्रष्टाचारमा लिप्त भएका कर्मचारीहरुलाई त्यस्को जिम्मा नलगाई खुल्ला प्रतिस्पर्धाबाट युवाहरूलाई स्थान दिनुपर्ने पनि शाहको माग थियो। पत्रकार सम्मेलनमामा अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु ९पाँचौ०, नयाँ शक्ति विद्यार्थी युनियन, अखिल नेपाल विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ,समाजवादी विद्यार्थी फोरम, राष्ट्रवादी विद्यार्थी संघ, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागीता रहेको थियो। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video