सरकार सहि गतिमा अगाडि बढिरहेको छ ः मन्त्री अर्याल  |  तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक  |  मिनीसडक महोत्सव असोज १० मा  |  आज मिति २०७६ असोज ६ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गैरआवासीय नेपाली संघ दक्षिण कोरीयाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी, कार्यसमितिमा को को भए बिजयी ?  |  कृषि तथा भेटेरिनरी प्राविधिकहरुद्धारा आन्दोलनका कार्यक्रम घोषणा  |  प्रेस काउन्सीलको बार्षिकोत्सबको अवसरमा २५ पत्रकार र तिन कर्मचारी पुरस्कृत हुंदै, कस्ले के पुरस्कार पाँउदै छन ?  |  चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन  |  बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई
सेना/ प्रहरी/ शशस्त्र समाचार
Jun 29, 2019
प्रधानसेनापति थापाद्वारा वृक्षरोपण
काभ्रेपलाञ्चोक, असार १४ प्रधानसेनापति पूर्णचन्द्र थापाले नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेँसीस्थित नेपाली सेनाको २६ नम्बर बाहिनी अड्डाको बागबाणी इलाका (दलसिं पाखा)मा आज ‘एक नागरिक, एक फलफूल बिरुवा’ रोपण कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । उहाँले आँपको बिरुवा रोपेर वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । अड्डाको एक हजार रोपनीमध्ये ३८ रोपनी क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपिने कार्यक्रम रहेको निमित्त बाहिनीपति दिनेश केसीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि बाहिनीको हाताभित्र विभिन्न प्रजातिका ३२० फलफूलका बिरुवा रोपण गरी संरक्षण तथा सम्वद्र्धन गरिँदै आएको छ । आज आँप १००, लिचीे ७०, अनार १००, कागती १००, कटहर १००, लप्सी ५०, किम्बुका १४ वटा तथा अन्य प्रजातिका ४६६ बिरुवा रोपिएको छ । वृक्षरोपणका लागि बिरुवा धुलिखलस्थित विष्णुदल गणको नर्सरी, डिभिजन वन कार्यालय र कृषि ज्ञान केन्द्रले उपलब्ध गराएका थिए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video