पुर्व राष्ट्रपतिद्धारा जिपी कोईराला फाउण्डेसन एसिया प्यासीफीक क्षेत्रीय संयोजक थापामगर सम्मानीत  |  ‘द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको विधि विश्वका लागि नमूना’  |  मिति २०७६ असोज २९ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सांसद साह पक्राउ  |  एनआरएनए सम्मेलनमा भागलिन आएका गैरआवासीय नेपालीद्धारा त्रिभुबन बिमानस्थलमा तोडफोड, घटनामा संलग्न एक पक्राउ  |  समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह  |  नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न  |  भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री  |  मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु  |  कर्मचारी नहुँदा कार्यालयको काम ठप्प
शिक्षा /स्वास्थ्य
Sep 16, 2019
विद्यालयमा डेङ्गु रोकथाम अभियान
धनगढी, भदौ ३०  डेङ्गुको संक्रमण बढ्दै गएपछि यसको रोकथामका लागि यहाँका विद्यालयमा अभियान शुरु गरिएको छ । यस क्रममा ‘इन्ट्र्याक्ट क्लब अफ क्यास्पियन एकेडेमी धनगढी’को पहलमा छात्रछात्रा, अभिभावक र सर्वसाधारणको सहभागितामा जनचेतामूलक नाटक प्रदर्शन गरिएको छ । टोल, बस्ती र विभिन्न विद्यालयमा समेत क्लबका बालबालिकाले उक्त अभियानअन्तर्गत नाटक प्रदर्शन गर्ने योजना बनाएका छन् । अभियानलाई रोटरी क्लब अफ धनगढीले सहजीकरण गरिरहेको क्लबका अध्यक्ष हरिशङ्कर ठाकुरले बताउनुभयो । वरिष्ठ चिकित्सक डा गणेशबहादुर सिंहले डेङ्गु रोकथामको उपाय र अभियानबारे जानकारी गराइरहनुभएको छ । विभिन्न स्वास्थ्य संस्थाले आवश्यक देखिएका ठाउँमा डेङ्गुको सङ्क्रमण फैलाउने लामखुट्टेको लार्भा मार्न ‘सर्च एण्ड डिस्ट्रवाई’ अभियान चलाएका छन् । स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपचारको व्यवस्था गरिएको छ । सुदूरपश्चि प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै ८८ स्थानीय तहमा डेङ्गु रोकथामका लागि सहजीकरण गरिरहेको छ । सुदूरपश्चिम प्रदेशमा आजसम्म २८ जना डेङ्गुका कारण सङ्क्रमित भएकामा डोटीमा एक जनाको मृत्यु भएको छ । सबैभन्दा बढी कैलालीमा १५ जना संक्रमित छन् । ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा डेङ्गु सर्छ । घर वरिपरिका डब्बा, थोत्रा वा पुराना टायर, खाली राखिएका ड्रम, फुलदानी, गमला र अन्य भाँडामा भरिएको पानीमा यो जातको लामखुट्टेले फुल पार्छ । बर्खायाममा जताततै पानी जम्ने हुँदा लामखुट्टेका कारण डेङ्गु फैलिने गरेको स्वास्थ्यकर्मी बताउँछन् । मानिसमा एक्कासि ज्वरो आउनु, हड्डी र मांसपेशी दुख्नु र बिमिरा देखिनु, रक्तस्राव हुनु, वाकवाकी लाग्नु, टाउको दुःख्नु यसका मुख्य लक्षण हुन् । यो रोगबाट बच्ने सबैभन्दा राम्रो उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो । लामखुट्टेको वृद्धि रोक्नका लागि घर वरिपरि सरसफाइका साथै पानी भरिएका भाँडावर्तन नराख्न स्वास्थ्यकर्मीको सुझाव छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video