समाज
Jan 12, 2020
भारतीय कस्टम कार्यालय ले निर्माण गर्न लागेको स्वागतद्वार दशगजामा परेपछि निर्माण कार्य स्थगित
 राजेन्द्र महतो
लहान पुस २७ गते।सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका ( ४ ठाडी बजार नजिकै  एक हप्ता अगाडिदेखि भारतीय  कस्टम कार्यालय ले निर्माण  गर्न लागेको स्वागतद्वार दशगजामा  परेपछि  निर्माण कार्य  स्थगित गरिएको  छ।
भारतीय सुरक्षाकर्मी एसएसबी, नेपालका सशस्त्र प्रहरी र संयुक्त सर्वे टोलीले तीन दिन लगाएर गरेको अध्ययनमा उक्त निर्माण कार्य मिड प्वाइन्ट बाट दुवैतर्फ दशगजा ९ दशमलव १ खाली हुनुपर्ने हो तर निर्माण भइरहेको ठाउँ करिब ६ दशमलव १ भित्रै परेको पाइएको   हो।
 विवादको अन्तिम निर्क्यौल नभएसम्मको लागि काम स्थगित गरेको र दुवै देशको सीमा सर्वे टोलीले प्रतिवेदन दिएपछि थप स्पष्ट हुने सशस्त्र प्रहरी बल नेपाल नं। ७ गण हे।क्वा, सिरहाका प्रमुख एसपी प्रविण कडेँलले  बताएका छन ।
एक हप्ता अगाडिदेखि भारतीय  कस्टम ले स्वागतद्वार निर्माण कार्य  गर्न थालेको थियो । उक्त  निर्माण कार्य स्थानीयले विरोध गरेपछि सिरहाका  प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नापी विभागका निर्देशकलाई जानकारी गराइ सर्वे टोली मगाइएको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video