सेना/ प्रहरी/ शशस्त्र समाचार
Jan 14, 2020
‘पर्यटकको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध’
काठमाडौँ, पुस २९ उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको ठमेल क्षेत्रमा आउने पर्यटकको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध रहेको बताइएको छ । ठमेल पर्यटन परिषद्ले महानगरीय प्रहरी वृत्त दरबारमार्ग र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका नयाँ प्रहरी प्रमुखको स्वागतमा आयोजना गरेको कार्यक्रममा नेपाल भ्रमण वर्षलाई सफल बनाउन ठमेल क्षेत्रको सुरक्षालाई मजबुद बनाउनुपर्ने बताइएको हो । कार्यक्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख, प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले ठमेल क्षेत्रको शान्ति सुरक्षाका लागि प्रहरीले इमान्दारीपूर्वक काम गर्ने बताउनुभयो । “ठमेलभित्रको सुरक्षा चुनौतीलाई समाधान गर्न परिषद्को साथ सहयोग प्रहरीलाई आवश्यक छ,” उहाँले भन्नुभयो । पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख, प्रहरी निरीक्षक अस्मिता कपालीले मुलुकको आर्थिक मेरुदण्डको आधार मानिएको पर्यटन क्षेत्रको सुरक्षाका लागि पर्यटक प्रहरीले सहयोग गर्ने बताउनुभयो । ठमेल पर्यटन परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले समृद्धिको मुख्य आधार शान्ति सुरक्षा भएकाले शान्ति सुरक्षालाई मजबुत बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । सोही अवसरमा वृत्त दरबारमार्गबाट सरुवा भएर गएका प्रहरी नायब उपरीक्षक विनोद घिमिरे, पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपबाट सरुवा हुनुभएका अमृतबहादुर बस्नेत र ट्राफिक प्रभाग ठमेलबाट सरुवा हुनुभएका प्रहरी नायब निरीक्षक धर्मराज घिमिरेलाई बिदाइसमेत गरिएको थियो । जथाभावी बाटो काट्ने पैदलयात्रुलाई ‘ट्राफिक सचेतना कक्षा’ ट्राफिक प्रहरीले जथाभावी बाटो काट्ने पैदलयात्रुलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्दा पैदलयात्रुको मृत्यु हुन थालेपछि दुर्घटनालाई घटाउन ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक नियम पालना नगरी बाटो काट्ने पैदलयात्रुलाई २० मिनेटको कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो । “सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाउँछौँ, यात्रुको माध्यमबाट घरघरमा सचेतनाको लागि पर्चा पम्पलेटसमेत वितरण गरेका छौँ,”–उहाँले भन्नुभयो । आज वीर अस्पतालबाट शुरु गरेको अभियान उपत्यकाका सबै स्थानमा लैजाने महाशाखाले जनाएको छ । महाशाखाले आजमात्रै एक हजार पैदलयात्रुलाई ‘ट्राफिक सचेतना कक्षा’ लिएको थियो । चालू आर्थिक वर्षमा उपत्यकामा मृत्यु भएका ७६ व्यक्तिमध्ये ३२ जना पैदलयात्रु रहेका थिए । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video