प्रमुख समाचार
Jan 14, 2020
पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ‘नेपाल बिल्ड टेक एक्स्पो’
काठमाडौँ, पुस २९ नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ‘नेपाल बिल्ड टेक एक्स्पो २०२०’ आयोजना हुने भएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इन्डियाको संयुक्त आयोजनामा माघ ३ देखि ५ गतेसम्म भक्तपुरको सल्लाघारी मैदानमा एक्स्पो आयोजना गर्न लागिएको हो । महासङ्घको २१औँ साधारणसभाको अवसर पारेर त्यसै स्थलमा एक्स्पो आयोजना गर्न लागिएको हो । महासङ्घकोे इतिहासमा नै पहिलोपटक आयोजना गर्न लागिएको अन्तर्राष्ट्रियस्तरको एक्स्पो निर्माण क्षेत्रमा रुचि राख्ने सबैका लागि उपयुक्त मञ्च हुने महासङ्घका अध्यक्ष रवि सिंहले बताउनुभयो । “निर्माण व्यवसायीलाई विश्व बजारमा आएका नयाँनयाँ निर्माण यन्त्र उपकरणबारे अवगत गराउन एक्स्पो उपयुक्त मञ्च बन्नेछ”, उहाँले भन्नुभयो । एक्स्पो संयोजकको जिम्मेवारी महासङ्घका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेलाई दिइएको छ । निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामग्री, फर्निचरसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित १६० भन्दा बढी प्रदर्शनी कक्ष ७० हजार वर्गफिट क्षेत्रफलको एक्स्पोमा रहने पाण्डेले बताउनुभयो । तीनदिने एक्स्पो करीब पाँच हजारले अवलोकन गर्ने अनुमान गरिएको महासङ्घका प्रवक्ता टङ्कप्रसाद चौलागार्इंले जानकारी दिनुभयो । एक्स्पोको सहयोगी साझेदारका रुपमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कर्मसलगायत संस्था रहेका छन् । नेपाल इञ्जिनीयर्स एसोसिएशन, सोसाइटी अफ कन्सलटिङ आर्किटेक्चरल एन्ड इन्जिनीयरिङ फर्मस् (स्काफ नेपाल), नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घ, युथ कम्युनिटी फर नेपलिज कन्ट्र्याक्टर्स (वाइसिएनसी), सोसाइटी अफ नेपलिज आर्किटेक्चर्स (सोना), एल्मोनियम व्यवसायी सङ्घ नेपाल, नेपाल फर्निचर सङ्घ, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल र भारतको राजकोट हार्डवेयर म्यानुफ्याक्चर एसोसिएशन पनि एक्स्पोका सहयोगी साझेदार संस्थाका रुपमा छन् । महासङ्घको २१औँ साधारणसभा महासङ्घको २१औँ साधारणसभा माघ ३ र ४ गते भक्तपुरको सल्लाघारी मैदानमा हुने भएको छ । देशभरका एक हजार ५०० भन्दा बढी व्यवसायीको सहभागिता रहने साधारणसभाको तयारी लगभग पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सार्वजनिक खरीद नियमावलीको नवौँ संशोधन र पूरा हुन बाँकी रहेका अन्य मागका विषयमा साधारणसभामा छलफल भई महासङ्घले भक्तपुर घोषणापत्र जारी गर्ने महासचिव रोशन दाहालले बताउनुभयो । साधारणसभा सम्पन्न गर्नका लागि महासङ्घका अध्यक्ष सिंहको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video