प्रमुख समाचार
Jan 16, 2020
ढकालको घरमा बम विष्फोट
काठमाडौँ, माघ २ काठमाडौँको नागर्जुन नगरपालिका– १ स्थित डा शोभाकान्त ढकालको घरमा  हिजो  साँझ बम विष्फोट भएको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार नेत्रविक्रम चन्द समूहले विष्फोट गराएको हो । घटना आज साँझ ७ः१४ मा भएको हो । सो घट्नामा मानवीय क्षति भने भएको छैन । विष्फोटबाट झ्यालका सिसा फुटेको छ भने गेट र पार्किङ गरिराखेको गाडीमा क्षति पुगेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । अहिले घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनको पूर्ण विवरण आइसकेको छैन । ढकाल बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका व्यक्ति हुन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video