तारकेश्वर नगरपालीका सबै वडाहरुमा राहत वितरण शुरु  |  विपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत : मुख्यमन्त्री राई  |  नेपाल–भारत सीमा क्षेत्रमा खटिएका एक सय ३४ सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखियो  |  खाद्य व्यवस्था कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बिक्री थाल्यो  |  आज मिति २०७६ चैत्र २७ गते विहिबार,तदनुसार २०२० अप्रिल ९ तारिख हेरौं आजको राशिफल  |  गाडीबाट कोरोना फैलिने त्रास  |  आइतबारदेखि भरी ग्यास सिलिण्डर किन्न पाइने  |  पुर्नबिमा कम्पनीको सेयर बाँडफाँड, १ लाख ९१ हजार बढीले मागे जति सेयर पाए, यि हुन भाग्यमानी लगानीकर्ता  |  ३३ जना कैदीबन्दी रिहा  |  हरियो तरकारीसँगै कोरोना भाइरस भित्रिने त्रास
समाज
Feb 01, 2020
गल्छी गाँउपालिकाले गौतमबुद्ध क्रिकेट रंगशालालाई सय टिपर बालुवा सहयोग

चितवन, माघ १८ । चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाका लागि धादिङको गल्छी गाँउपालिकाले बालुवा सहयोग गरेको छ । राष्ट्रिय गौरवको आयोजना भएकोले एक सय टिपर बालुवा सहयोग गरेको हो । शनिबार बिहान धादिङबाट आएको टोलीले रंगशाला निमार्ण स्थलमा पुगेर बालुवा हस्तान्तरण गर्न लागेको छ । रंगशाला निमार्णको लागि गाँउपालिकामा उत्खनित बालुवा सहयोग गरेको अध्यक्ष कृष्णहरि श्रेष्ठले बताए । बालुवा पुर्‍याउनका लागि जनप्रतिनिधि, टिपर व्यवसायी लगायतको टोली चितवन आएको छ ।गाँउपालिकाले सहयोग गरेको बालुवा नेपाल टिपर तथा ढुवानी व्यवसायी समितिले निुशल्क ढुवानी गरेको छ ।

त्यस्तै सुदिपा ट्रेडिङ कम्पनी प्रालिले कर छुटको व्यवस्था गरेको छ । राष्ट्रिय झण्डासहित ब्यानर हालेर ल्याइएको उक्त टिपरलाई धादिङको सिमानामा जोडिएको इच्द्धाकामना गाँउपालिकाकी अध्यक्ष गिता गुरुङले स्वागत गरेकी थिइन् । भरतपुर महानगरपालिकाले आँपटारीबाट स्वागत गरेको थियो । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिकाको वडा नम्बर १५ मा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण गरिरहेको छ । सबैको सहयोग र समन्वयबाट निमार्णले गति लिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video