प्रमुख समाचार
Apr 02, 2020
लकडाउनमा पाँच हजार स्वदेश र्फकिए,भारतबाट फर्कनेको सङ्ख्या सबैभन्दा बढी
काठमाण्डौं । चैत्र २० । कञ्चनपुरमा भारतलगायत अन्य मुलुकबाट स्वदेश फर्कनेहरुको सङ्ख्या ४ हजार ७९२ रहेको छ ।  विवरण अनुसार भारतसहित युएई, जर्मनी, साउदी अरब, मलेसियालगायत मुलुकबाट ती व्यक्तिहरु स्वदेश फर्केका हुन् । भारतबाट फर्कनेको सङ्ख्या सबैभन्दा बढी छ ।

विदेशबाट फर्कनेमा शुक्लाफाँटा नगरपालिकामा ७५०, भीमदत्त नगरपालिकामा ७२०, महाकाली नगरपालिकामा ३६०,  बेदकोटमा ७५५, कृष्णपुरमा ८१९, पुर्नवासमा ७३०, बेलौरी नगरपालिकामा २६९, लाझाडी गाँउपालिकामा १३४ र बेलडाँडी गाँउपालीकामा २५५ जना रहेका छन् ।नौवटै स्थानीयमा क्वारेण्टाइनको बेड संख्या ३४३, क्वारेण्टाइनमा रहेका व्यक्तिको सङ्ख्या ५१ र आइसोलेसनको वेड संख्या ३१ रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले बताउनुभयो । उहाँका अनुसार महाकाली अस्पतालमा आइसेलेसन वेड सङ्ख्या आठ र आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या दुई रहेको छ ।
नौ जनाको स्वाब परीक्षण 
 
महाकाली अस्पतालबाट हालसम्म नौ जनाको कोरोना भाइरस परीक्षणका लागि स्वाब पठाइएकामा छ जनाको परीक्षण रिर्पोट नेगेटिभ आएको छ । तीन जनाको रिर्पोट आउन बाँकी रहेको छ । कोरोना संक्रमित युवतीसँग एउटै जहाजमा आएका कञ्चनपुरका १९ वर्षीय युवकको स्वाव परीक्षणको रिर्पोट नेगेटिभ आएको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video